कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आहा–रारा कपमा तीन विदेशीसहित १२ टिम

पोखरा — पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकपको १५ औं संस्करणमा तीन विदेशीसहित १२ टिम सहभागी हुने भएका छन् । पोखरा रंगशालामा आगामी मंगलबार (माघ ४) देखि हुने प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजक सहारा क्लवले जनाएको छ ।

आहा–रारा कपमा तीन विदेशीसहित १२ टिम

क्लवले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार यसपटक पाहुना टोलीमा अमेरिकाबाट टिम अमेरिकन नेप्लिज एसोसिएसन, बंगलादेशको फराशगञ्ज स्पोर्टिङ क्लव ढाका र भारतको सिक्किम फुटबल क्लव आउने निश्चित भएको छ । यस्तै प्रतियोगितामा लक्ष्मी हुण्डाइ मनाङ–मर्स्याङदी क्लव, आर्मी, एपीएफ, नेपाल पुलिस, संकटा क्लव, धरान फुटबल क्लव, सुदुर पश्चिम–११ धनगढी, रमपम झापा–११ र आयोजक सहारा क्लवका टिम सहभागी छन् । 

खेल तालिका तयार हुने क्रममा रहेको सहारा क्लव अध्यक्ष वीरभद्र आचार्यले बताए । खेल मैदान मर्मत सम्भार र रंगरोगन लगायतका काम भइरहेको छ । प्रतियोगिताको गत वर्षको उपाधि त्रिभुवन आर्मी क्लवलाई ०–१ गोल अन्तरले हराउदै मनाङ–मर्स्याङ्दीले जितेको थियो ।  

प्रकाशित : पुस २८, २०७३ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?