कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङ उपाधि नजिक

कान्तिपुर संवाददाता

उदयपुर — मोरङ ११ चौथो उदयपुर गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ । थारुहट रंगशाला गाईघाटमा सोमबार सेमिफाइनलमा मोरङले सिएमजी क्लब संकटालाई २–१ ले हरायो ।

मोरङ उपाधि नजिक

मोरङको जितमा भुवन बस्नेतले ६९ औं र मिक्चन तामाङले ७३ औं मिनेटमा गोल गरे । यस सिजनको सिमरा गोल्डकप च्याम्पियन संकटाबाट सन्जिव थापाले एक गोल फर्काए । मध्यान्तरपछि मैदान छिरेका सन्जिवले सुशील केसीको पासमा ८३ औं मिनटमा गोल गरेका हुन् ।

संकटाले आकाक्रक सुरुआत गरे पनि थुप्रै राम्रा अवसर चुकाउँदा हार सामना गर्नुपर्‍यो । संकटाका प्रहार विपक्षी गोलकिपरले बचाएका थिए । मध्यान्तरपछि संकटालाई दबाबमा राखेको मोरङले गोल गर्ने केही अवसर गुमायो । सुरुदेखि नै दुवै टिम फिनिसिङमा चुकिरहेका थिए । म्यान अफ द म्याच मोरङका भुवन बस्नेत भए । उनले ५ हजार पाए ।

मोरङका प्रशिक्षक पारस चौधरीले खेलमा तालमेल मिलाउन सकेकाले नै जित हात पारेको बताए । ‘डिफेन्स र स्ट्राईकरबीच तालमेल मिल्नु नै टिमको जित हुनु हो,’ उनले भने । मंगलबार दोस्रो सेमिफाइनल हिमालयन शेर्पा र झापा–११ बीच हुनेछ ।

प्रकाशित : फाल्गुन ३, २०७३ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?