कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूपन्देहीलाई उदयपुर गोल्डकप

डिल्लीराम खतिवडा

उदयपुर — रूपन्देदी ११ ले सदरमुकाम गाईघाटमा बिहीबार मोरङलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दैै चौथो रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता जितेको छ ।

रूपन्देहीलाई उदयपुर गोल्डकप

थारुहट रंगशालामा भएको फाइनलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बनेको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा निर्णय हुँदा रूपन्देदीबाट सुवास मगर, बुद्ध चेम्जोङ, उत्तम गुरुङ र दिलीप क्षत्रीले गोल गरेका थिए । दिलीपको पेनाल्टी प्रहार नै निर्णायक बन्न पुगेको थियो । कालु थापा गोल गर्न असफल भए ।

मोरङबाट नीरज बस्नेत, बुद्धिमान राई र विकास खवास मात्र गोल गर्न सफल भए । मोरङका विदुर रिजाल र अनेश मगरको प्रहार गोल हुन सकेन ।

विजेता रूपन्देदीले २ लाख र उपविजेता मोरङले १ लाख रुपैयाँ पुरस्कार थापेका थिए । म्यान अफ द म्याच रुपन्देहीका पिटर घोषित भए । सर्वोत्कृष्ट खेलाडी मोरङका नीरज बस्नेत घोषित भए । उत्कृष्ट गोलरक्षक रूपन्देदीका दिलीप क्षत्री र उदीयमान खेलाडी उदयपुरका रामु थापामगर घोषित भए ।

सर्वाधिक गोलकर्तामा हिमालयन शेर्पाका विश्वास श्रेष्ठ, रूपन्देदीका दिवस राई र संकटाका राजु पौडेल थिए । उनीहरूले समान २ गोल गरेका थिए ।

प्रकाशित : फाल्गुन ६, २०७३ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?