केन्यामाथि नेपालको ७ विकेटको जित

ज्ञानेन्द्र मल्ल र दीपेन्द्र एेरी दुवैकाे अर्धशतक पुरा
कञ्चन अधिकारी, विनाेद पाण्डे

काठमाडौं — विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको केन्याविरुद्धको नेपालले सात विकेटको जित निकालेको छ । यसअघि ब्याटिङ गरेको केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो । यो खेलको जीतस‌ंगै नेपालले विश्व च्याम्पियनसीपमा ८ अ‌क जोडेको छ ।

आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटको ठूलो अन्तरले पराजित गर्न सफल भएको छ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भएको दोस्रो खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो । नेपालका कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लको निर्णयलाई सही सावित गर्दै ओप्नर बलर मेहबुब आलमले चौथो ओभरमा २ विकेट लिएका थिए । त्यसपछिको ५ ओभर लगातार मेडन फाल्दै उनले केन्याका ब्याट्स्म्यानलाई ब्याकफुटमा खेल्न मजबुर पारेका थिए ।

सस्तो मै २ विकेट गुमाएको केन्याका ब्याट्स्म्यानले त्यसपछि भने सम्हालिएर खेल्दै तेस्रो विकेटका इर्फान करिम र कोलिन्स अबुयाले ७९ रनको पाटनरसिप गरेका थिए । नेपालका लागि निकै घातक बन्दै गएको पाटरनसिपलाई लेगस्पिनर सन्दीप लामिछानेले २८ औं ओभरमा तोडेका थिए ।

राम्रो पाटनरसिपमा अंकुश लगाउन नेपाल सफल भएसँगै केन्याको विकेट पतन सुरु भएको थियो । नेपालका लागि सातौं बलरका रुपमा बलिङ गर्न आएका शरद भेषावकरको स्पीनले केन्याका ब्याट्स्म्यानलाई पेभिलियन फर्काउन सफल भएपछि केन्याले १० विकेटको क्षतिमा मात्र १५५ रन बनाउन सफल भयो ।

नेपालका लागि शरदले ४ विकेट लिएका थिए भने बसन्त रेग्मीले २ विकेट र सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट लिएका थिए ।

१५६ रनकाे लक्ष्य लिएर मैदानमा आएको नेपाली टोलीलाई पनि सुरुवाती ओभर मै २ विकेटको झड्का लागेको थियो । नेपालको पनि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र ऐरीको तेस्रो विकेटको पाटनरसिप जमेपछि १५६ रनको लक्ष्य पछ्याउन गाह्रो भएन । नेपालका ज्ञानेन्द्र र दीपेन्द्र दुवैले आफ्नो अर्धसतक पुरा गर्न सफल भयो । खेलको अन्तिम समयमा दीपेन्द्रको विकेट झरेसँगै मैदानमा प्रवेश गरेका नेपालका सबैभन्दा भरोसिला ब्याट्स्म्यान शरदले ज्ञानेन्द्रसँग मिलेर नेपाललाई जित दिलाए ।

नेपालका लागि ज्ञानेन्द्रले अविजित ६४ रन बनाए भने दीपन्द्रले ६२ र शरदले २४ रनको योगदान दिए ।

शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको थियाे । टस जितेर बलिङ रोजेको नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले लिएका थिए ।

Yamaha

लाइभ अपडेटका लागि हामीसँगै रहनुहोला

Esewa Pasal

प्रकाशित : फाल्गुन ३०, २०७३ ११:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कतारमा म्याग्दीको आठौं साधारणसभा

कान्तिपुर संवाददाता

काठमाडौं — म्याग्दी प्रवासी नेपाली संघ, कतार (मोना) को आँठौ साधारण सभाले पात्लेखेत–४, म्याग्दीका रमेश पौडेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सभाले बरिष्ठ उपाध्यक्ष तिलु शर्मा पौडेल, प्रथम उपाध्यक्ष चित्र बहादुर चोखाल, द्धितीय उपाध्यक्ष मिन बहादुर कार्की, महासचिव राजु पौडेल, सचिव तारा क्षेत्री, सचिब राजेन्द्र भण्डारी, कोषाध्यक्ष रमेश कुमार शर्मा, सहकोषाध्यक्ष मिनबहादुर नेपालीलाई चयन गरेको छ । सदस्यहरु क्रमश: सपना पुन, देबिन्द्र गर्बुजा, बिनोद शेरपुर्जा, रामबहादुर घर्तिमगर, थमकुमार गिरी, रेशम परियार, भुमिस्वर सापकोटा र दिल छत्यालरहेका छन् । ५ जना केन्द्रीय सदस्यलाई कार्यसमितिले मनोनित गर्ने पौडेलले बताए । जसमा बाबुराम भण्डारीलाई सदस्यमा मनोनित गरिएको छ ।

त्यसअघि आयोजित उद्घाटन सत्र किरण शाहीको सभापतित्वमा सम्पन्न भएको थियो । मोनाका अन्तराष्ट्रिय क्षेत्रीय सचिब रेशम शाहीले उद्घाटन गर्दे आफ्नो जिल्लाको शैक्षिक, स्वास्थ्य लगायत क्षेत्रमा योगदान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राजेन्द्र भण्डारीको ‘म्याग्दी मोना सिरैमा’ नामक गीति एल्बमको बिमोचन गरिएको थियो । महासचिव तिलु शर्मा पौडेलले सस्थाको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सस्थाले ८५ हजार ६ सय ५७ रियाल बराबरको आम्दानी र ७३ हजार १७ रियाल खर्च बिबरणको आर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो । जसमा १२ हजार ६ सय ४० रियाल बचत छ । त्यसमध्ये आकस्मीक कोषमा ५ हजार २ सय १८ रियाल जम्मा छ । ७ हजार ४ सय २२ रियाल मुख्य धनमा रहेको जनाएको छ ।

मोना कतारका भुतपुर्ब अध्यक्षहरु क्रमश: प्रेम रसाइली, बिक्रम कार्की, नन्दप्रसाद गर्बुजा, र रेशम साहीलाई आजिबन सदस्यता पत्र प्रदान गरिएको थियो । २००३ देखि २०१७ सम्मका सम्पूर्ण गतिबिधि सहित बिभिन्न बिषय समेटेर तयार पारिएको ‘म्याग्दी दर्पण’ पुस्तक बिमोचन गरिएको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७३ ११:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT