पारसले बंगलादेशमा हुने इमर्जिङ टिम्स कप पनि नखेल्ने

विनाेद पाण्डे

काठमाडौं — नेपालका कप्तान पारस खड्काले बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ मा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताएका छन् । रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसि तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्राहरू मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो ।

नेपालका कप्तान पारस खड्काले बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ मा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताएका छन् ।

रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसि तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्राहरू मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो । त्यसपछि फागुन ८ मा ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका थिए । पारसलाई त्यसबाट निको हुन तीनसाता लाग्ने बताइएको थियो ।

नेपाली राष्ट्रिय टोलीले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको केन्यासँग हुने दुई खेलका लागि दिल्लीमा अभ्यास खेल खेले पनि पारस भारत गएका थिएनन्। गत सोमबारमात्र पारस अभ्यासमा फर्किएका थिए । उनले नेट्समा सामान्य ब्याटिङ मात्र गरेका थिए । उनलाई ब्याट टाउकोमाथि पुर्यालउन पनि गाह्रो परेको देखिन्थ्यो । अभ्यासमा निहुरिएर फिल्डिङ गर्दा पनि उनले गाह्रो महसुस गरेका थिए । बलिङ प्रशिक्षक विनोद दासले ग्राउन्ड फिल्डिङ गराइरहेको समयमा पारसलाई ‘हाइ बल’ फाल्न आग्रह गरेका थिए ।

प्रशिक्षक जगत टमाटा र पारसले सञ्चारमाध्यमसँग कुरा गर्दै शुक्रबार साँझ वा खेल हुने दिन बिहान मात्र खेल्नेरनखेल्ने निर्णय हुने बताएका थिए । तर शुक्रबारै नेपाली टिमको बैठकमा पारसले खेल्ने सम्भावना नरहेको स्थिति बनेको हो । पारसले आफ्नो स्थिति निश्चित नभएको तर पछिल्लो तीन दिनमा धेरै सुधार भएको र ६० प्रतिशत खेल्ने सम्भावना बनेको बताउँदै आएका थिए ।

पारसले खेलाडीको मनोबल बढाउनका लागि मात्रै आफू ड्रेसिङरुममा बसेको बताउँदै अप्रेसनबाट पूर्ण रुपमा ठिक हुन केही समय लाग्ने र त्यसका लागि हतार नगर्ने बताएका छन् । उनले आफूले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप र मार्चमा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताइसकेको जानकारी दिएका छन् ।

इमर्जिङ टिम्स कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका अन्डर २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाले प्रतिष्पर्दा गर्ने छन् ।

Yamaha

Esewa Pasal

प्रकाशित : फाल्गुन ३०, २०७३ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जहिले पदका लागि वादविवाद गर्‍यौं, क्रिकेट विकासका लागि कहिल्यै झगडा गरेनौं : पारस

विनाेद पाण्डे

काठमाडौं — नेपाल एपीएफ र नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खडालाई सातौं राष्ट्रिय खेलकुदको अनुभव के रहयो भनेर सोध्दा उनी त्यसमा निकै सकरात्मक थिए । उनी मोरङको बैजनाथपुरमा रहेको क्रिकेट मैदानबाट प्रभावित थिए । भलै ३० यार्ड बाहिर बलौटे माटोमा क्रिकेटका इभेन्ट सम्पन्न भएका थिए । पारसले बैजनाथपुर क्रिकेट मैदान र नेपाली क्रिकेटको वर्तमान अवस्थालाई यसरी चित्रण गरे :

नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो । पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि

समग्रमा हेर्दा मैदान राम्रो बनाउन सकिन्छ । पूर्वाधार छ, त्यसलाई विकसित गर्नुपर्छ । यो मैदानलाई यतिकै छाड्नु भएन् । लगानी गर्ने हो भने यो अझ राम्रो हुन्छ । एक महिनामै यति भएको छ भने यसलाई अझ राम्रो हामी किन बनाउन सक्दैनौं । नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैन । एक दमै इमान्दार भएर भन्नु पर्दा केन्यासँग खेल हुदैंछ भन्ने थाहा छ, अरु केही थाहा छैन । राष्ट्रिय टिमले मात्र खेलेर क्रिकेट कहा पुग्छ भनेर कहिल्यै तौलनु भएन । 

आशा गरौं नेपाली क्रिकेटको विवाद चाँडो भन्दा चाँडो सुल्झियोस । आइसीसीको प्रतिनिधिहरु आएर सबै सरोकारा बालाहरुसँग आएर बैठक गरिरहेका छन् । हामी भने आफ्नै बाद विवादमा अल्झिरहेका छौं अहिले पनि । सबैभन्दा दुख लाग्दो के हो भने हामी क्रिकेट विकासका लागि कहिल्यै पनि बाद विवाद र झगडा गरेनौं ।

आज जे भइरहेको छ, पदका लागि भइरहेको छ । नेपाल क्रिकेट विकास गर्छु भनेर यस्तो हानाथाप गरेको भए हाम्रो क्रिकेट धेरै माथि पुगिसकेको हुन्थ्यो । मलाई थाहा छैन को ठिक हो को बेठिक हो । तर आगामी दिनमा जति सक्दो नेपाली क्रिकेटलाई अगाडी बढाउन एउटा संस्थागत संघ चाहि चाहिन्छ । 

प्रकाशित : पुस १७, २०७३ २०:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT