कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनीष र आशिषको गतिलो प्रदर्शन

काठमाडौं — नेपालमा फिडे मास्टर मनीष हमाल र आशिष फुयालले राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगितामा आफ्नो गतिलो प्रदर्शन सोमबार पनि कायम राखेका छन् ।

मनीष र आशिषको गतिलो प्रदर्शन

२०८१ रेटेड मनीषले दोस्रो चरणमा २४२२ रेटेड बंगलादेशी जीएम नियाज मुर्सद र १८०१ रेटेड आशिषले बंगलादेशी आईएम २३४३ रेटेड अबु सफियन सकिलसँग बराबरी खेलका थिए ।

२०३६ रेटेड सीएम क्षितिज भण्डारीले बंगलादेशी एफएम २३४१ रेटेड रहमान मोहम्मद तवीरसँग बराबरी गरे । मदनकृष्ण कायस्थ शीर्ष वरीयताका बंगलादेशी जीएम जियाउर रहमानसँग पराजित भए । बंगलादेशी जीएम अब्दुल्ला अल रकिबले हिमाल लामा, नवीन तण्डुकारले मोहनसिंह प्रधान, भवगतीप्रसाद शर्माले मोहम्म्द इमरान खान तथा अहमद एमन इब्राहिमले रञ्जन कुँवरलाई हराए ।

महिलातर्फ शीर्ष वरीयताकी आईएम बंगलादेशी समिमा अख्तरले आफ्नै देशकी डब्लूएफ नजराना खान, बंगलादेशी आईएम हमिद रानीले श्रीलंकाकी सुमेई जयनेब र नेपालका मतिना कुसीले पूनम प्रसाईंलाई हराए । सविना श्रेष्ठले शान्ता थापासँगको खेलमा जित हात पारिन् ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?