कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकै चिसाे स्थानमा भएकाे म्याराथनमा नेपालका भीम गुरुङ दाेस्रो

नेपालकै समीर तामाङ तेस्रा
जनकराज सापकोटा

काठमाडौं — विश्वकै चिसाे स्थानमा भएकाे 'नर्थ पोल म्याराथन'मा नेपालका भीम गुरूङ दास्रो भएका छन् । उनले ४२ किमीको दुरी ४ घन्टा १८ मिनेटमा पुरा गर्दै दोस्रा भएका हुन् । प्रथम हुने पोल्याण्डका धावकले सो दुरी ४ घन्टा ७ मिनेटमा तय गरेका थिए । यस्तै म्याराथनको तेस्रो स्थान पनि नेपाली धावक समीर तामाङले कब्जा गरेका थिए । उनले तय दुरी पुरा गर्न ४ घन्टा ३१ लगाएका थिए ।

विश्वकै चिसाे स्थानमा भएकाे म्याराथनमा नेपालका भीम गुरुङ दाेस्रो

विश्वकै चिसाे स्थानमा भएकाे 'नर्थ पोल म्याराथन'मा नेपालका भीम गुरूङ दास्रो भएका छन् । उनले ४२ किमीको दुरी ४ घन्टा १८ मिनेटमा पुरा गर्दै दोस्रा भएका हुन् । प्रथम हुने पोल्याण्डका धावकले सो दुरी ४ घन्टा ७ मिनेटमा तय गरेका थिए ।

यस्तै म्याराथनको तेस्रो स्थान पनि नेपाली धावक समीर तामाङले कब्जा गरेका थिए । उनले तय दुरी पुरा गर्न ४ घन्टा ३१ लगाएका थिए ।
उत्तरी धुर्वबाट फेसबुकमा कुराकानी गर्दै भीम गुरुङले भने, 'अत्यन्त कठिन र चिसो ठाउँमा दौडिएर नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै हर्षित छु । दौडमा दोस्रो हुन सकेकोमा झनै खुशी छु ।'

पृथ्वीकै सबैभन्दा चिसो ठाउँ उत्तरी धुर्वमा हुने यो दौडलाई विश्वकै अत्यन्त जटील मानिन्छ । त्यहाँको भौगोलिक अवस्था निकै कष्ठकर छ । यहाँ वर्षको ६ महिना मात्रै घाम लाग्छ ।


प्रकाशित : चैत्र २९, २०७३ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?