कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राङ्खोलालाई उपाधि

प्रतिक्षा काफ्ले

स्याङ्जा — यहाँको पुतलीबजार नगरपालिका १२ पेल्काचौर गैरीस्वारामा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि राङखोला युवा क्लबले जितेको छ ।

राङ्खोलालाई उपाधि

नयाँ वर्षको अवसरमा राखिएको मेला तथा जग्गादाता स्व. बुधलाल गुरुङ स्मृति साबिक अन्तर वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको मंगलबार बिहान फाइनल खेलमा राङखोला युबा क्लबले आयोजक देउराली युवा क्लब निलो टिमलाई सोझो सेटमा पराजित गरेको हो । वेस्ट अफ थ्रीका आधारमा खेलाइएको खेलमा राङखोलाले २-० को सोझो सेटमा सहज जित हात पार्दै बिजेता बनेको हो । मंगलबार नै तेस्रो स्थानका लागि भएको खेलमा आयोजक देउराली युवा क्लब सेतोले कर्मशील युवा क्लब भिरकोट ७ खोरबारलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो भने पहिलो सेट गुमाएको देउराली सेतोले पछिका दुई सेट लयमा फर्कंदै कठिनपूर्ण जित हासिल गर्‍यो ।

पाँच दिनसम्म चलेको प्रतियोगिताकै उत्कृष्ट स्पाईकर र डिफेन्डर क्रमश: देउराली युवा क्लबका कुम गुरुङ र विवेक गुरुङ, अनुशासित खेलाडी देउराली निलोका टेक गुरुङ, उत्कृष्ट सेटर र सर्वोत्कृष्ट खेलाडी क्रमश: राङखोला युवा क्लबका कमल बि.क. र वेल गुरुङ घोषित भएका छन् । स्थानीय विभिन्न संघ संगठनका प्रतिनिधि, समाजसेवी लगायतले विजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए । विजेताले ४१ हजार, उपविजेताले २५ हजार र तेस्रो हुने टिमले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा २० टिमले सहभागिता जनाएका थिए । स्थानीय देउराली युवा क्लबले विगत लामो समयदेखि यो प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएको बताएको छ ।
  
वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा खेल खेल्दै खेलाडीहरु ।
तस्बिर : प्रतिक्षा काफ्ले/कान्तिपुर

प्रकाशित : वैशाख ६, २०७४ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?