कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा हेर्नुहोस् टिम चौराह र रुपन्देहीको खेल

धनगढी — कप्तान पारस खड्काको सानदार व्याटिङ र सौरभ खनालको अलराउन्ड प्रदर्शनमा टिम चौराह धनगढी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेश गरेको छ । धनगढीले बिहीबार भएको क्वालिफायर्स २ मा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गर्‍यो ।

तस्बिरमा हेर्नुहोस् टिम चौराह र रुपन्देहीको खेल

पहिलो तीन खेल हारे यता चार खेलमा विजयी नतिजा निकालेको धनगढीले शनिबार हुने फाइनलमा विराटनगर किंग्सको सामना गर्ने छ । विराटनगरले क्वालिफायर्स १ मा रुपन्देही च्यालेन्जर्सलाई ३० रनले पराजित गरेको थियो ।

टस जितेको धनगढीले एसएसपी कार्यलय मैदानमा ५ विकेट गुमाई १ सय ७२ रन बनायो । प्रतियोगितामा यो दोस्रो ठूलो उच्च स्कोर हो ।

पहिलो चार खेल जित्दा सबैमा पहिला व्याटिङ गरेर जितेको रुपन्देही विजयी लक्ष्य पछ्याउदा फेरि अर्को हार बेहोर्न बाध्य भयो र टोली १५.२ ओभरमा ८० रनमा अलआउट भयो । धनगढीको ठिक उल्टो रुपन्देहीले पछिल्ला ३ खेलमा हार बेहोर्नु पर्‍यो ।

प्रकाशित : वैशाख ७, २०७४ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?