कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब पारसलाई बोल्ड गरे...

धनगढी — धनगढीदेखि झन्डै ६० किलोमिटर पूर्वमा छ बौनिया । यही अवस्थित जगत तारा स्कुलले एउटा क्रिकेटको कार्यक्रम चारपटक सार्नु परेको थियो । धनगढीमा भइरहेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग सरे लगत्तै उक्त स्कुलले आयोजना गर्न लागेको सो कार्यक्रम पनि सर्न पुग्थ्यो ।

जब पारसलाई बोल्ड गरे...

जेनतेन आफैं अडिन खोजे जस्तो देखिन्छ सो स्कुल । सोही स्कुलमा दुई वटा सिमेन्टेड पीच बनाइएको छ । त्यही स्कुलका विद्यार्थीहरुले अभ्यास गर्ने गर्छन् । स्कुलको मैदान हाता निकै सानो छ । त्यसैले त्यहाँ चौका र छक्का सामान्य हो ।

त्यही नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का एकै ओभरमा ३ पटक बोल्ड भए । उनलाई सोही स्कुलमा पढ्ने बृजेश ढुंगानाले बोल्ड गरे । बृजेशले दुई पटक पारसको अफ स्टम्प र एकपटक मिडल स्टम्प उडाइ दिए ।

पारस आउने भएपछि सो कार्यक्रम शुक्रबार सम्भव बनेको थियो । उनै पारससहित धनगढी प्रिमियर लिग आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) का अध्यक्ष सुवास शाहीलाई स्कुलले सम्मान प्रदान गरेको थियो । स्कुलले क्रिकेट विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो । दुवै जनालाई विद्यालयका संस्थापक योगेन्द्र मल्लले अभिनन्दन पत्र सहित सम्मान गरे । विद्यालयले विगत तीन वर्षदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सम्मानपछि बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले स्कुलका विद्यार्थीलाई पहिला प्राथमिक्ता पढाईलाई राख्दै त्यसपछि खेलमा लाग्न सुझाव दिँदै भने, ‘सुदुर पश्चिमले अहिले नेपाली क्रिकेटमा धेरै खेलाडी दिएको छ । त्यसैले टाढा भएका कारण हामी पर्दैन भन्ने मनमा नराखी खेल्नुस । धनगढी क्रिकेटको शहरको रुपमा विकसित भएसँगै यो क्षेत्रमा क्रिकेट गतिविधि बढ्न थालेकोले यसले नयाँ खेलाडीहरु जन्माउन मद्दत गरेको छ ।’

डीसीए अध्यक्ष शाहीले सबैले एकजुट भएर लागेमा मात्रै क्रिकेटको विकास सम्भव हुने बताए । उनले सपना देखेर त्यो सपना पुरा गर्न विभिन्न कठिनाई आए पनि क्रिकेट विकासका लागि पहिला सपना देख्नु पर्ने जनाए । सोही विद्यालय परिसरमा स्थापना गरेको जेटी क्रिकेट एकेडेमीको पनि अवलोकन गरिएको थियो भने कप्तान पारस खड्काले बालबालिकाहरुसँग केहीवबेर क्रिकेट समेत खेलेका थिए ।

प्रकाशित : वैशाख ८, २०७४ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?