कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसीएसलाई शृंखला

काठमाडौं — नेपाल क्रिकेट स्कुल (एनसीएस) ले भारतको मुम्बईको पेयएड स्पोर्ट्स क्लबसँगको यू–१४ द्विपक्षीय होम एन्ड अवे शृंखला ३–० को अग्रतामा जितेको छ । एनसीएसले शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएका दुवै खेलमा विजय हात पार्दै ५ खेलको शृंखला आफ्नो पक्षमा परेको हो ।

पहिलो खेल अघिल्लो दिन नै नेपाली टोलीले जितेको थियो । दिनको पहिलो खेलमा एनसीएसले १ विकेटको सफलता पायो । मुम्बईको टोली १९.२ ओभरमा ९९ रनमै अलआउट भयो । टोलीका विनित यादवले २९ र आदित्य सोमइयाले २६ रन बनाए । एनसीएसका आयुष बानियाँले ३ तथा हर्ष पोडार, भार्गव खनाल र रोजिन जयना श्रेष्ठले १–१ विकेट लिए ।

सम्भव श्रेष्ठले ३०, शिवम तिवारीले १४ र अनमोल खड्काले ११ रन बनाएपछि एनसीएसले दोस्रो अन्तिम बलमा लक्ष्य पूरा गर्‍यो । पेयएडका समय जिङ्गेस भयेसले ४ विकेट लिए ।

तेस्रो खेलमा एनसीएस ५ विकेटले विजयी भयो । पेयएडले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय २६ रन बनायो । टोलीबाट विनितले २८ र कोसाग्री कोठारीले २० रन बनाए । एनसीएसका आयुष बानियाँ, समिर खड्का, रोजिन र भार्गवले १–१ विकेट लिए । शिवम तिवारीले ३०, अनमोल खड्काले २५, सम्भवले नटआउट २२ र क्षितिज पराजुलीले नटआउट १० रन बनाएपछि एनसीएसले ४ बलअगाडि लक्ष्य पूरा गर्‍यो ।

प्रकाशित : वैशाख ३०, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?