कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्ल्स टिममा सफलता

काठमाडौं — नेपाली गर्ल्स टिमले आईटीएफ एसियाली यू–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा सोमबार जितबाट यात्रा थालेको छ ।

गर्ल्स टिममा सफलता

सातदोबाटोस्थित टेनिस कोर्टमा समूह ‘ए’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्‍यो । सिंगल्समा सर्भानी श्रेष्ठले मोहमद लायन समिनलाई ६–३, ६–० र ईशाश्री शाहले जुबिन जोया सलिमलाई ६–१, ६–० को सोझो सेटमा हराए । डबल्समा सुभाङगीलक्ष्मी शाह र ईशाश्रीको जोडीले जुबिन र समिनको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा हराए । समूह ‘बी’ अन्तर्गत ब्वाइज सिंगल्समा नेपालका आरभसम्राट हाडालाई श्रीलंकाका वेनुका किथ्नुलासँग ६–४, ६–२ को सोझो सेटमा हारे । श्रीलंकाका विचिथ्या सरिन्दु निलाविराविरुद्धको खेलमा नेपालका आर्यन गिरी ३–२ ले अगाडि छन् ।

प्रतियोगिताको पहिलो दिन वर्षाका कारण केही खेल आंशिक रूपमा प्रभावित भए । प्रभावित सबै खेल पुन: सकिएकै अवस्थाबाट खेलाइने छ ।

दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रका २० ब्वाइज र १७ गल्र्स खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?