कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एथलेटिक्स खेलाडी बैंककतिर

काठमाडौं — दोस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले भाग लिने भएको छ । मे २० देखि २३ तारिखसम्म थाइल्यान्डको बैंकक हुने प्रतियोगितामा पुरुषमा आशिष खत्रीले १ र २ सय मिटर दौड, लुजला अमात्य र जयरानी चौधरीले महिला १ र २ सय मिटर दौडमा तथा विपना परियारले लङजम्प र ट्रिपलजम्पमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रशिक्षकमा मनोहर दाहाल छन् । टिम शुक्रबार जाँदै छ ।

आयोजक र ओडिसी विजयी
आयोजक बसुन्धारा नेसनल एकेडेमी र डिफेन्डिङ च्याम्पियन ओडिसी एकेडेमी दोस्रो बीएनए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा विजयी भए । आयोजकले ग्रिनल्यान्डलाई २७–२४ स्कोरले हराउँदा हितेश गुरुङले १३ स्कोर गरे । अनिशको १९ स्कोरमा ओडिसीले नवजीवनलाई ३०–१७ ले हरायो । नेपाल मोडेल, लालीगुराँस, स्किब्स र इडेन ब्रिज पनि विजयी भए ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?