कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राजन च्याम्पियन

छोटकरी

काठमाडौं — आर्मीका राजन खत्रीले पहिलो खुला कैलाश काठमाडौं एभरेस्ट अल्ट्रा दौडको उपाधि जितेका छन् ।

नेपाल माउन्टेन रनिङ संघले शनिबार चोभारमा भएको दौडमा आर्मीकै टीकाराज कटवाल, हरि रिमाल, रामजी बस्नेत दोस्रोदेखि चौथो भएका छन् । करिब १५.२ किमि दौडमा राजनले १ घण्टा ३५ मिनेट लगाए । विजेताले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ५ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

हिमालयन कप जारी
काठमाडौं (कास)– इडेन ब्रिज र आयोजक हिमालयन एकेडेमी प्रथम हिमालयन कप बास्केटबलको सिनियर गल्र्समा सेमिफाइनल पुगेका छन् ।
इडेनले एक्सेल्सियरलाई १८–२ स्कोरले हराउँदा सुमिना कार्कीले १४ स्कोर जोडिन् । हिमालयनले विल्सन एकेडेमीलाई १०–४ ले हरायो । रिलायन्सर स्वर्णिम पनि सेमिफाइनल पुगे । सिनियर ब्वाइजमा नेरिक, ज्ञान निकेतन, रेडिअन्ट र विल्सन सेमिफाइनल पुग्न सफल भए ।

आईएमए कराते हुने
काठमाडौं (कास)– अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालको आयोजनामा दोस्रो आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता जेठ २७ देखि हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रका करिब ३ सय ५० खेलाडीले भाग लिने जनाइएको छ । विभिन्न ४५ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

हाइस्कुल कराते सुरु
काठमाडौं (कास)– नेपाल कराते महासंघअन्तर्गतको हाइस्कुल कराँते केन्द्रीय कमिटीको आयोजनामा २२ औं अन्तर्राष्ट्रिय हाइस्कुल कराँते प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार सुरु भएको छ । प्रतियोगितामा नेपालबाट ४ सय ८० र भारतबाट ४ सय खेलाडीको सहभागिता रहेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७४ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?