कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङ समाजलाई लिग

धादिङ — सातौं एन्फा जिल्ला लिग फुटलबलको उपाधि धादिङ समाज धादिङले जितेको छ । शनिबार गलौदीस्थित मैदानमा समाजले गजुरी सामुदायिक विकास समाजलाई २–० ले हराएको थियो । धादिङ समाजबाट गोपी भण्डारी र रवि भण्डारीले गोल गरेका थिए ।

१२ टिम सहभागी प्रतियोगिताको उत्कृष्ट खेलाडीमा रवि भण्डारी, वेस्ट स्ट्राइकरम गोपी भण्डारी, उदीयमान खेलाडीमा गजुरीका विजय तामाङ, उत्कृष्ट डिफेन्डरमा धुनीबेसीका विवेक भण्डारी चुनिए । त्यस्तै उच्च गोलकर्ता विजेताका विपिन कँडेल भए भने उत्कृष्ट प्रशिक्षक विजेता टिमकै सन्तोष थापा भए । विजेताले ४१ र उपविजेताले २१ हजार पुरस्कार पाए । विजेतालाई प्रमुख सेनानी सुनीलसिंह राठौर, आयोजक जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दीपक खतिवडा लगायतले पुरस्कृत गरे ।

प्रकाशित : असार ४, २०७४ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?