कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकामा दुई नयाँ कप्तान

एएफपी

कोलम्बो — श्रीलंकाले बुधबार आफ्नो क्रिकेट टिमका लागि दुई नयाँ कप्तान नियुक्त गरेको छ । तल्लो वरीयताको जिम्बावेसँग घरेलु सिरिज गुमाएपछि कप्तान एन्जेलो म्याथ्युजले राजीनामा दिएका हुन् । श्रीलंकाली क्रिकेट बोर्डले घोषणा गरेअनुसार दिनेश चन्डिमलले टेस्ट टिमको नेतृत्व गर्नेछन् भने उपुल थारंगाले सीमित ओभरको क्रिकेटमा कप्तानी गर्नेछन् ।

श्रीलंकामा दुई नयाँ कप्तान

फिटनेस र प्रशिक्षणको समस्याबाट गुज्रिरहेको श्रीलंकाले च्याम्पियन्स ट्रफीमा पनि राम्रो गर्न सकेको थिएन । श्रीलंकाली बोर्ड थिलङगा सुमथिपालले भने, ‘म्याथ्युजले आज बिहान आफ्नो पदबाट राजीनामा दिए । अब हामी टिम निर्माणमा केन्द्रित भएर अगाडि बढ्न चाहन्छौं । यो नै हाम्रो उद्देश्य रहनेछ ।’

पछिल्लो समय श्रीलंकाली टिमको खराब प्रदर्शनको जिम्मेवारी लिँदै म्याथ्युजले सन् २०१९ मा हुने विश्वकपमा नेतृत्व गर्ने खेलाडीलाई अवसर दिन आफू पदबाट पछाडि हटेको बताए । उनले पत्रकारसँग भने, ‘टिमको अवस्था कमजोर हुँदा पनि नेतृत्वमा रहनु ठीक छैन । मेरा लागि कप्तानी छोड्नु यो ठीक र उपयुक्त समय हो ।’

उनले कप्तानी सम्हाल्ने सक्ने खेलाडी श्रीलंकाली क्रिकेटमा कुनै कमी नरहेको पनि बताए । श्रीलंकाले सोमबार सकिएको वान डे सिरिज जिम्बावेसँग ३–२ ले गुमाएको थियो । उनले यो हारलाई आफ्नो खेलजीवनकै सबैभन्दा कमजोर समय रहेको पनि बताए । श्रीलंकाले त्यो सिरिज बिनाप्रशिक्षक खेलेको थियो । च्याम्पियन्स ट्रफीमा खराब खेलेपछि तत्कालीन प्रशिक्षक ग्राहम फोर्डले पनि राजीनामा दिएका थिए ।

प्रकाशित : असार २९, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?