कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानी दूतावासले दियो स्की सामग्री

काठमाडौं — जापानिज राजदूत माससी ओगावाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई स्की खेल सामग्री हस्तान्तरण गरेका छन् ।

बिहीबार दूतावासमा आयोजित कार्यक्रममा राजदूत ओगावाले २० लाखबराबरको खेल सामग्री हस्तान्तरण गरेका हुन् । सन् २०२० टोकियोमा हुने ओलम्पिक खेलकुदलक्षित गरी ‘स्पोर्ट्स फर टुमरो’ भन्ने अभियानका रूपमा जापानी दूतावासले स्की सामग्री उपलब्ध गराएको जनाइएको छ । सामग्रीमा १२ जोर स्की स्टिक, ६ जोर बुट, र ६ वटा ज्याकेट उपलब्ध गराएको छ । 

प्रकाशित : असार ३०, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?