कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गणेश र मतिना च्याम्पियन

भक्तपुर — भक्तपुर जिल्ला बुद्धिचाल संघले आयोजना गरेको जिल्लास्तरीय खुला बुद्धिचाल च्याम्पियनसिपको उपाधि गणेशमान दुवाल र मतिना कुसीले जितेका छन् । शनिबार छैटौं चरणमा निर्मल सुवाललाई पराजित गरेका गणेशमानले सातौं चरणमा शिवभक्त गाइजूसँग बराबरी खेल्दै ६.५ अंकसाथ जिल्ला च्याम्पियनको उपाधि जिते ।

विक्रम चोकामी दोस्रो र केशव मानन्धर तेस्रो भए । अनरेटेटतर्फ निर्मल सुवाल विजयी भए । महिला च्याम्पियन मतिनाले कविता र प्रिज्मा प्रजापतिलाई हराइन् । कविता दोस्रो, अंशुदिल प्रजापति तेस्रो र प्रिज्मा चौथो स्थानमा रहे ।

प्रकाशित : श्रावण १, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?