मुकुन्द्र र ज्योति वर्ष खेलाडी

कान्तिपुर संवाददाता

काठमाडौं — ललितपुरको जिल्ला प्रमुख डोजो लगनखेलले करातेका मुकुन्द्र महर्जन र ज्योति गिरीलाई ललितपुर कराते वर्ष खेलाडी–०७३ अवार्डबाट पुरस्कृत गरेको छ । अर्का कराते खेलाडी एवं डोजोका प्रशिक्षक विप्लवलाल श्रेष्ठ विशेष अवार्डबाट सम्मानित भए । तीनै जनालाई जनही १० हजार र सम्मानपत्र प्रदान गरियो ।

प्रकाशित : श्रावण १, २०७४ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धगुफालाई भानु कप

कान्तिपुर संवाददाता

तनहुँ — सिद्धगुफा युवा क्लबले छपेली युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै शनिबार १३ औं भानु कप फुटबलको उपाधि जितेको छ । निर्धारित समय गोलरहित भएको हो । भन्सार युवा क्लबद्वारा दमौलीमा आयोजित स्पर्धाको विजेताले १ लाख १ हजार र उपविजेताले ५० हजार ५ सय पुरस्कार पाएका छन् । सिद्धगुफाका अनीष श्रेष्ठले उत्कृष्ठ खेलाडी र राज पौडेलले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

प्रकाशित : श्रावण १, २०७४ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्