कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल उज्वेकिस्तानसँग भिड्दै

काठमाडौं — आफ्नो रक्षापंक्तिलाई ठोस र मजबुत बनाउनुपर्ने चुनौतीबीच नेपालले एएफसी यू–२३ च्याम्पियनसिपको छनोटमा सोमबार उज्वेकिस्तानको सामना गर्दैछ । यूएईमा चलिरहेको छनोटको यो नेपालको दोस्रो खेल हुनेछ । यसअघि नेपाल यूएईविरुद्ध समूह ‘डी’ मा ५–० ले पराजित भएको थियो ।

नेपाल उज्वेकिस्तानसँग भिड्दै


त्यसमा नेपालको टिम छनोटमा कमजोरी देखिनुका साथै डिफेन्समा ठूलो समस्या रहेको थियो । यस्तोमा उज्वेकिस्तानको सामना गर्दा नेपालसामु आफ्नो रक्षापंक्तिलाई सुदृढ बनाउनुपर्ने जिम्मेवारी हुनेछ । यूएईले प्राप्त गरेको जितमा नेपालको फितलो रक्षापंक्ति सबैभन्दा मुख्य जिम्मेवार रहेको थियो ।
समूह चरणको अंक तालिकामा नेपाल चार टिममध्ये अन्तिम स्थानमा छ । आइतबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले लेवनानलाई ३–१ ले हराएको थियो । उज्वेकिस्तानविरुद्ध राम्रो नतिजा निकाल्न नसके लिग चरणको अन्तिम खेल अगाडि नै नेपालको चुनौती समाप्त हुनेछ । नेपालले बुधबार आफ्नो अन्तिम खेलमा लेवनानसँग खेल्नेछ र यो सम्भवत: प्रतिष्ठाको लडाइँ हुनेछ ।

प्रकाशित : श्रावण २, २०७४ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?