२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

भारतलाई टेस्ट सिरिज

एएफपी

कोलम्बो — रवीन्द्र जडेजाले पाँच विकेट लिएपछि भारतले दोस्रो टेस्टमा श्रीलंकालाई बुधबार चौथो दिन एक इनिङ्स ५३ रनले हराएको छ । यससँगै भारतले तीन टेस्टको सिरिजमा पनि निर्णायक अग्रता लिएको छ । जडेजाले सबैभन्दा बहुमूल्य विकेटका रूपमा १ सय ४१ रन बनाएका दिमुथ करुनारत्नेलाई आउट पारे ।

भारतलाई टेस्ट सिरिज

यससँगै खेलमा श्रीलंकाले तेर्साएको चुनौती समाप्त भएको थियो । फलो अन गरेको श्रीलंका आफ्नो दोस्रो इनिङ्समा ३ सय ८६ रन बनाएर अलआउट भएको थियो ।

यसका लागि भने भारतीय बलरले १ सय १६.५ ओभर संघर्ष गर्नु परेको थियो । यससँगै भारतले अन्तिम टेस्ट अगाडि नै २–० ले सिरिज आफ्नो नाममा पारेको छ । भारतले श्रीलंकालाई पहिलो इनिङ्समा १ सय ८३ रनमा समेटिएपछि घरेलु टिम कुनै पनि समय खेलमा फर्कने सक्ने स्थितिमा रहेन ।

यसअघि भारतले नौ विकेट गुमाएर ६ सय २२ रनमा आफ्नो पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।

प्रकाशित : श्रावण २२, २०७४ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?