कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिटिङ स्वीमिङ पुल बन्ने

कान्तिपुर संवाददाता

काठमाडौं — सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरभित्र रहेको स्वीमिङ पुलकै दक्षिणीमा भागमा हिटिङ सिस्टमको पुल बन्ने भएको छ । १० लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको हुनेछ ।

३३ करोड ५४ लाख ६३ हजार लागत अनुमान गरिएको स्वीमिङ पुल हातामा तीन मुख्य ब्लक रहने छन् । त्यसमा कार्यालय, खेलाडी र पुल ब्लक रहनेछ ।

कार्यालय ब्लकमा १ सय दर्शक क्षमताको प्यारापिट र कार्यालय कोठा तथा खेलाडी ब्लकमा जिम हल, क्याफ्टेरिया र खेलाडीको चेन्जिङ कक्ष बनाइने छ । पुल ब्लकमा पुल लगायत अरु निर्माण गरिने पौडी संघले जनाएको छ । 

शुक्रबार युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले हिटिङ स्वीमिङ पुलको शिलान्यास गरेका छन् ।
स्वीमिङ पुल गर्न राखेपले सरकारमार्फत ८० र पौडी संघले २० प्रतिशत रकम खर्च गर्ने सम्झौता भएको छ । सन् २०१९ को फेब्रुअरीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शिलान्यास कार्यक्रममा जानकारी गराइयो ।

मन्त्री केसीले बजेटको आकार सानो भएको मुलुकले ३४ करोड लगानीमा स्वीमिङ पुल निर्माण गर्नु ठूलो विषय भएको बताउँदै पुलको गुणस्तर र समयसीमामा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय निकायबाट पनि २५ह२५ मिटरको पुलमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने आश्वासन पाएकाले पौडी संघको वर्षौंदेखिको सपना साकार हुने संघका अध्यक्ष अशोक बज्राचार्यले बताए ।

प्रकाशित : श्रावण २८, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?