कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धवनको आक्रामक शतक

एएफपी

पाल्लेकेले — शिखर धवनले भारतका लागि शनिबार श्रीलंकाविरुद्ध तेस्रो टेस्टको पहिलो दिन आक्रामक शतक बनाएका छन् । दिनको अन्त्यतिर श्रीलंकाली स्पिनरले पाँच भारतीय ब्याट्सम्यानलाई आफ्नो सिकार बनाएपछि खेल रोचक मोडमा रह्यो ।

धवनको आक्रामक शतक

मालिन्दा पुष्पकुमाराले तीन विकेट लिए भने लकसन सान्डकानले दुई विकेट आफ्नो नाममा लेखाए । दिनको खेल सकिँदा भारत ६ विकेट गुमाई ३ सय २९ रनको स्थितिमा छ । 

पुष्पकुमाराले भारतीय माथिल्लो क्रमलाई आफनो बायाँहाते स्पिन आक्रमण मदतले दबाबमा राखे । उनले धवन र लोकेश राहुलबीच १ सय ८८ रनको साझेदारीमा पनि पूर्णविराम लगाए । शिखरले १ सय २३ बलमा १ सय १९ रन बनाए । बायाँहाते रिस्ट स्पिनर सान्डकानले भारतीय कप्तान विराट कोहलीको बहुमूल्य विकेट लिए । कोहलीले ४२ रन बनाए । धवन र राहुल पहिलो सेसनमा श्रीलंकाली बलिङ आक्रमणमाथि हाबी रहे । राहुलले ८५ रन बनाए । 

श्रीलंकाली कप्तान दिनेश चन्डिमलले आफ्ना स्पिनरलाई नियमित अन्तरमा पालो–पालो बलिङ गराए । दोस्रो सेसन भने श्रीलंकाको नाममा रह्यो । भारतले ११ ओभर अन्तरमा तीन माथिल्लो क्रमका ब्याट्सम्यान गुमायो । दोस्रो टेस्टमा डेब्यू गरेका ३० वर्षीय पुष्पकुमाराले दुवै प्रारम्भिक ब्याट्सम्यान आउट पार्दै खेल फेरि श्रीलंकातर्फ मोडे । राहुलले लगातार सातौं टेस्ट अर्धशतक बनाए । तीन टेस्ट सिरिजमा भारत २–० ले अगाडि छ ।

प्रकाशित : श्रावण २९, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?