कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको पूर्ण नियन्त्रण

पालेकेले (एएफपी) — अलराउन्डर हार्दिक पान्ड्याको आक्रामक शतक र कुलदीप यादवको चार विकेटको मदतले भारत श्रीलंकाविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन आइतबार स्थिति पूर्ण नियन्त्रणमा लिन सफल रहेको छ ।

भारतको पूर्ण नियन्त्रण

कुलदीपले प्रभावशाली बायाँ हाते रिस्ट–स्पिन बलिङ आक्रमण गर्दै श्रीलंकालाई उसको पहिलो इनिङ्समा १ सय ३५ रनमा अलआउट गर्न मदत गरे । 

यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा ४ सय ८७ रनको ठूलो स्कोर खडा गरकेो थियो । तीन टेस्टको सिरिजमा क्लिन स्विप गर्ने अभियानमा रहेको भारतले श्रीलंकालाई फलो अन गर्न बाध्य पारेको थियो । दोस्रो दिनको खेल समाप्त हुँदा श्रीलंका एक विकेट गुमाएर १९ रनको स्थितिमा छ र अझै भारतको तुलनामा ३ सय ३३ रनले पछाडि छ । 

श्रीलंकाका लागि दिमुथ करुनारत्ने १२ रन बनाएर खेलिरहेका छन् । उनलाई शून्यमा नाइटवाचम्यान मलिन्दा पुष्पकुमाराले साथ दिइरहेका छन् । पेसम्यान उमेश यादवशले अर्का श्रीलंकाली प्रारम्भिक ब्याट्सम्यान उपुल थरन्गालाई आउट पारे ।

प्रकाशित : श्रावण २९, २०७४ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?