न्युकासलमाथि टोटनहम विजयी

कान्तिपुर संवाददाता

न्युकासल (एएफपी) — टोटनहमले आइतबार इङलिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २–० ले हराएको छ । पछिल्ला दुई सिजन दोस्रो स्थानमा रहेको टोटनहमले यससँग नयाँ सिजन विजयी सुरुआत लिएको छ ।


 
टोटनहमको जितमा डेल अलिले ६१ र बेन डेविड्सले ७० औं मिनेटमा गोल गरे । राफेल बेनिटेजको व्यवस्थापनमा रहेको न्युकासल यसै सिजन मात्र फेरि प्रिमियर लिगमा फर्केको हो । 

प्रकाशित : श्रावण २९, २०७४ २०:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतको पूर्ण नियन्त्रण

पालेकेले (एएफपी) — अलराउन्डर हार्दिक पान्ड्याको आक्रामक शतक र कुलदीप यादवको चार विकेटको मदतले भारत श्रीलंकाविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन आइतबार स्थिति पूर्ण नियन्त्रणमा लिन सफल रहेको छ ।

कुलदीपले प्रभावशाली बायाँ हाते रिस्ट–स्पिन बलिङ आक्रमण गर्दै श्रीलंकालाई उसको पहिलो इनिङ्समा १ सय ३५ रनमा अलआउट गर्न मदत गरे । 

यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा ४ सय ८७ रनको ठूलो स्कोर खडा गरकेो थियो । तीन टेस्टको सिरिजमा क्लिन स्विप गर्ने अभियानमा रहेको भारतले श्रीलंकालाई फलो अन गर्न बाध्य पारेको थियो । दोस्रो दिनको खेल समाप्त हुँदा श्रीलंका एक विकेट गुमाएर १९ रनको स्थितिमा छ र अझै भारतको तुलनामा ३ सय ३३ रनले पछाडि छ । 

श्रीलंकाका लागि दिमुथ करुनारत्ने १२ रन बनाएर खेलिरहेका छन् । उनलाई शून्यमा नाइटवाचम्यान मलिन्दा पुष्पकुमाराले साथ दिइरहेका छन् । पेसम्यान उमेश यादवशले अर्का श्रीलंकाली प्रारम्भिक ब्याट्सम्यान उपुल थरन्गालाई आउट पारे ।

प्रकाशित : श्रावण २९, २०७४ २०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT