कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटसलको प्रारम्भिक छनोट

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल समितिले राष्ट्रिय फुटसल टोलीको प्रारम्भिक छनोटमा पर्ने २७ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

तीन सदस्यीय समितिले आइतबार सम्पन्न रेडबुल राष्ट्रिय फुटसल लिगको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको हो । समितिमा राष्ट्रिय फुटसल प्रशिक्षक राकेश श्रेष्ठसहित सहायक प्रशिक्षकद्वय विष्णु गुरुङ र राजेश शाही छन् ।

१६ टोलीसम्मिलित लिग १० दिन चलेको थियो । सेमिफाइनलमा पुगेको सामाखुसी फुटसलबाट सर्वाधिक ६ र च्याम्पियन शंखमूलबाट ५ खेलाडी छनोट भएका छन् । फाइनलिस्ट एक्सटेप किकअफका ३ खेलाडी पनि छनोट भए । नेपालले असोज अन्तिम सातामा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोटमा सहभागिता जनाउँदै छ । छनोट प्रतियोगितामा नेपालको समूहमा उज्वेकिस्तान, तुर्कमेनिस्तान र किर्गिस्तान छन् । समूह विजेता र उपविजेताले सन् २०१८ को फेबु्रअरीमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । उज्वेकिस्तान गत संस्करणको उपविजेता हो ।
छनोट खेलाडी बुधबारबाट प्रशिक्षण क्याम्पमा रहने छन् । उनीहरूलाई दैनिक दुईपल्ट प्रशिक्षण दिइने छ ।

प्रारम्भिक टोली : सुरज राउत, सन्जोग चाम्लिङ राई, निर्मल गुरुङ, अभय राणा, अनिश श्रेष्ठ (शंखमूल फुटसल), मणि लामा, राज शाही, राजेश कुँवर (एक्सटेप किकअफ), विनोद गुरुङ, हरि गुरुङ, सन्तोष तामाङ, नवीन लामा, सौरभ थापा मगर, एलेन गुरुङ (सामाखुसी), सुसन श्रेष्ठ (स्तुपा फुटसल), अरुज सिंह (हरिसिद्धि), आदिल हमिद, सुमित आले (ढुकु), विजय श्रेष्ठ (स्वयम्भू), सविन खड्का (बिजी ब्रदर्स), सुरज भुजेल (खालीबारी), सन्जोग महर्जन, नेत्रबहादुर श्रेष्ठ (चौर), लक्ष्मण थापामगर (रजनी), अमित तामाङ, आशिष लामा (बिजी), नितेश महर्जन (धन्यन्तरी) ।

प्रकाशित : भाद्र २८, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?