कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमल क्वाटरफाइनलमा

लेखनाथ — पोखरामा जारी आईटीएफ सिनियर च्याम्पियनसिप टेनिसमा शीर्ष वरीयताका कमल भण्डारी क्वाटरफाइनल पुगेका छन् ।

उनले सर्किट १ अन्तर्गत ३५ वर्षमाथि एकलतर्फ निमा लामा शेर्पालाई ६–०, ६–१ को सहज सेटमा हराए । सहभागी खेलाडीमध्ये आईटीएफको शीर्षस्थानका भारतका दिलीप महन्ती पनि क्वाटरफाइनल पुगे । उनले नेपालका सिमान गुरुङलाई ६–१, ६–० ले हराए । उनी आईटिएफमा ३५ वर्षमाथि १८७ औं स्थानमा छन् । भारतका कमलेश शुक्लाले महेश श्रेष्ठलाई ६–१, ६–२ ले र स्वर्णदीप सिंहले सुरेशकुमार श्रेष्ठलाई ६–४, ६–१ को सेटमा पराजित गरे । ४५ वर्षमाथि एकलमा मनोजविक्रम शाहले नारायण पहारीलाई ६–१, ६–२ ले हराए । फिनल्यान्डका पेक्का रन्तला पनि क्वाटर फाइनल पुगे । 

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?