कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : नेपाल सेमिफाइनलमा

काठमाडौं — नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा लगातार दोस्रो जितसँगै सेमिफाइनलमा स्थान बनाएको छ । मलेसियामा जारी प्रतियोगितामा बुधबार नेपालले भुटानलाई ९ विकेटले हराएको थियो ।

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : नेपाल सेमिफाइनलमा

टस जितेर ब्याटिङ गरेको भुटानले तेस्रो ओभरमै ओपनर जीवन घलेलाई गुमाएको थियो । तीव्र गतिका बलर नन्दन यादवले नेपाललाई सुरुआती सफलता दिलाए । कप्तान दीपेन्द्रसिंह ऐरीले आठौं ओभरमा २ विकेट लिएपछि भुटान थप समस्यामा पर्‍यो । १३ रन जोडेका उगेन दोर्जी र पेम छेदुपले तेस्रो विकेटका लागि ५९ बलमा १४ रनको साझेदारी गर्दै धैर्यपूर्वक इनिङ अगाडि बढाए । तर दोर्जी कप्तान दीपेन्द्रबाट कट एन्ड बोल्ड भए । लगातार विकेट गुमाएपछि भुटान २८ ओभरमा ५० रनमै अलआउट भयो ।

भुटानको तल्लोक्रम ध्वस्त पार्ने क्रममा स न्दीप लामिछानेले ७ ओभरमा ७ रन खर्चंदै ४ विकेट लिए । भुटानका कप्तान टासी फुन्सोले सर्वाधिक १६ रन बनाए । नेपालका कप्तान दीपेन्द्रले ५ खेलाडीलाई पेवेलियन पठाए । उनी म्यान अफ द म्याच चुनिए ।

बायाँतर्फ प्रनित थापामगर । एनएसजेएफ

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १ विकेट क्षतिमा लक्ष्य प्राप्त गर्‍यो । ओपनर सन्दीप सुनार २६ बलमा २१ रन जोड्दै क्याचआउट भए । विजयी रन जोडेका आसिफ शेख २३ रनमा अविजित रहँदा उनलाई अनिलकुमार शाहले साथ दिए । अनिलले ४ रन जोडे ।

समूह ‘ए’ को अंकतालिकामा नेपाल र सिंगापुरको ४–४ अंक छ । नेट रनरेटका आधारमा नेपाल शीर्षस्थानमा छ । समूह विजेताको टुंगो लगाउन बिहीबार नेपाल र सिंगापुर भिड्दै छन् । लगातार पराजयपछि भुटान र थाइल्यान्ड प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह ‘बी’ बाट मलेसिया र कङकङले अन्तिम चारको यात्रा तय गरिसकेका छन् । उक्त समूहको पुछारमा रहेका म्यानमार र चीन प्रतियोगिताबाट बाहिरिसकेका छन् । सेमिफाइनल सेप्टेम्बर १६ र फाइनल १७ मा हुने कार्यक्रम छ । फाइनलमा पुग्ने टोली यू–१९ एसिया कपलाई छनोट हुनेछ । सिंगापुरविरुद्ध क्षमताअनुसार प्रदर्शन गरे जित कठिन नहुने प्रशिक्षक विनोद दासको बुझाइ छ । ‘पानी परिरहेका कारण हामीलाई छिट्टै खेल सिध्याउने चुनौती छ । आफ्नो क्षमतामा विश्वास राखेका छौं । शतप्रतिशत जित लिएर अगाडि बढ्ने योजना छ,’ उनले भने ।

प्रकाशित : भाद्र २९, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?