कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्पणको कप्तानीमा यू–१८ टोली

काठमाडौं — साफ यू–१८ च्याम्पियनसिपमा भाग लिने यू–१८ राष्ट्रिय फुटबल टोलीको बुधबार छनोट गरिएको छ । मुख्य प्रशिक्षक छिरिङ लोप्साङले २३ सदस्यीय टोली छनोट गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

 अर्पणको कप्तानीमा यू–१८ टोली

टोलीमा साफ र एएफसी यू–१६ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्य छ । जेठमा आयोजित ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको प्रदर्शनका आधारमा प्रारम्भिक छनोट गरिएको थियो । ७४ खेलाडीसम्मिलित तीन चरणको छनोटपछि अन्तिम नाम सार्वजनिक भएको हो । टोली कप्तानमा गोलरक्षक अर्पण कार्की र उपकप्तानमा फरवार्ड प्रेजेन तामाङ छन् । दुवै यू–१८ लिग च्याम्पियन त्रिभुवन आर्मीका सदस्य हुन् ।
लोप्साङसँगै सहायक प्रशिक्षक पुष्कर शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र पनि प्रशिक्षक टोलीमा छन् । व्यवस्थापकमा एन्फा सदस्य गणेश चन्द छन् ।
प्रतियोगितामा हेरफेर
भुटानमा असोज २ बाट हुने साफ यू–१८ च्याम्पियनसिपको तालिका हेरफेर भएको छ । यसअघि सहभागी ६ टोलीलाई दुई समूहमा विभाजित गरेर लिगकम नकआउटमा खेलाइने भएको थियो । तर अन्तिम समयमा श्रीलंकाले सहभागिता जनाउन असमर्थता जनाएपछि साफले नयाँ पद्धतिमा प्रतियोगिता गर्ने भएको छ । अब सहभागी ५ टोलीले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा छन् ।
अंकतालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ । प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल, भारत, बंगलादेश र माल्दिभ्सको सहभागिता रहनेछ । यसअघि साफ यू–१९ को नाममा भएको पहिलो संस्करणको उपाधि घरेलु टोली नेपालले जितेको थियो । 

यू–१८ राष्ट्रिय फुटबल टोली

गोलरक्षक : अर्पण कार्की (कप्तान), अभिषेक बराल, सन्देश गुरुङ

डिफेन्डर : सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बु, असिम भुसाल, आकाश श्रेष्ठ, विकास खवास, निराजन महर्जन, राजन गुरुङ

मिडफिल्डर : दिनेश हेन्जन, अशोक थापा मगर, अभिषेक रिजाल, एरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङदेम्बे

फरवार्ड : प्रेजेन तामाङ (उप–कप्तान), राम वाजी, धिरज श्रेष्ठ, रेजिन सुब्बा, दिपेश आले मगर, राजीव लोप्चन ।

प्रकाशित : भाद्र २९, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?