कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानविरुद्ध विश्व ११को जित

रोयटर्स

लाहोर — पाकिस्तान र विश्व ११ बीच जारी टि२० शृंखलाको दोस्रो खेलमा विश्व ११ टोली ७ विकेटले विजयी भएको छ ।

पाकिस्तानविरुद्ध विश्व ११को जित

पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन जोडेको थियो । बाबर आजमले सर्वाधिक ४५ रन जोड्दा ओपनर अहमद सेहजाद ४३ र सोएब मालिकले ३९ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको विश्व ११का लागि ओपनर हसिम अमलाले अविजित ७२ रनको योगदान दिए । थिसारा परेराले १९ बलमा ५ छक्काको मदतले ४७ रन जोडेसँगै विश्व११ को जित पक्का भएको थियो ।
पहिलो खेल पाकिस्तानले २० रनले जितेको थियो । तीन खेलको शृंखला अहिले १-१ को बराबरीमा रहेको छ । शृंखलाको अन्तिम खेल शुक्रबार हुनेछ ।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पुनरागमन गर्ने हेतुले यस शृंखलाको आयोजना गरिएको हो । सन् २००९मा श्रीलंकाको टोलीमाथि हमला हुँदा ६ खेलाडी घाइते भएका थिए । त्यसयता पाकिस्तानमा एक मात्र टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो ।

प्रकाशित : भाद्र २९, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?