कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इराकसँग नेपाल पराजित

काठमाडौं — एएफसी यू१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को पहिलो खेलमा नेपाल पराजित भएको छ । हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा इराकले नेपाललाई १-० ले हरायो ।

इराकसँग नेपाल पराजित


पहिलो हाफमा इराकले नेपालमाथि दबाब कायम गरेपनि दुवै तर्फबाट गोल हुन सकेको थिएन । दोस्रो हाफको ६८ औं मिनेटमा गोलरक्षक र डिफेन्डरको असमझदारीको फाइदा उठाउँदै इराकले अग्रता लियो । इराकका मोहम्मद लुय मन्डलावीले गोलरक्षकले समाउन खोजेको बललाई पहिलो टचमा खाली पोस्टको दिशा दिएका थिए ।
जितसँगै इराक अंक तालिकामा ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । दिनको पहिलो खेलमा प्यालेस्टाइनलाई ३-० ले पराजित गरेको भारत शीर्षस्थानमा छ ।
छनोट अन्तर्गत समूहको शीर्ष स्थानमा रहने टोली स्वत: अन्तिम चरणको लागि छनोट हुनेछ । सहभागी १० समूहका दोस्रो स्थानमा आउने शीर्ष ५ टोलीले पनि सन् २०१८ मा मलेसियामा हुने एएफसी यू१६ च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।

प्रकाशित : आश्विन ४, २०७४ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?