कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुवै म्यानचेस्टरको प्रभाव कायमै

एएफपी

लन्डन — रहिम स्टर्लिङले म्यानचेस्टर सिटी र रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेडलाई जिततर्फ डोर्‍याएसँगै इङलिस प्रिमियर लिगको अंकतालिकामा म्यानचेस्टर सहरको दबदबा कायमै छ ।

दुवै म्यानचेस्टरको प्रभाव कायमै

म्यानचेस्टर सिटीले पुछारको क्रिस्टल प्यालेसलाई ५–० ले पराजित गर्दा स्टर्लिङले २ गोल गरे । सिटीका लागि अन्य गोल सर्जियो अग्विरो, लेरोय साने र फाबियन डेल्फले गरे । यसैगरी युनाइटेडले लुकाकुको गोल मदतले साउथह्याम्पटनलाई १–० ले हरायो । समान अंक भए पनि गोल अन्तरका आधारमा सिटी शीर्षस्थानमा छ ।

ह्याट्रिक गरेका चेल्सीका अल्भारो मोराटा ।

डिफेन्डिङ च्याम्पियन चेल्सी, टोटेनहम र लिभरपुलले पनि जित दर्ता गर्दै ३ अंक जोडेका छन् । 
चेल्सीका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेपछि स्टोक सिटी पराजित भयो । यसै सिजन भित्रिएका फरवार्ड मोराटाले तीन र अर्का स्पेनिस खेलाडी पेड्रोले एक गोल गरेपछि चेल्सीसँग स्टोक ४–० ले हार्‍यो । 
पहिलो रोजाइबाट सिजनको पहिलो खेल खेलेका फिलिपे कोउटिन्होले उत्कृष्ट प्रदर्शन गरेपछि लिभरपुलले लेस्टरलाई ३–२ ले हरायो । कोउटिन्होले फ्रिकिकमार्फत उत्कृष्ट गोल र एउटामा पास मिलाइदिएका थिए । 
लिभरपुलका लागि मोहमद सलाह र जोर्डन हेन्डरसनले र लेस्टरका लागि जेमी भार्डी र सिन्जी ओकाजाकीले गोल गरे । भार्डीले ७३ औं मिनेटमा गरेको पेनाल्टी प्रहार गोलरक्षक सिमोन मिनोलेटले बचाएका थिए ।
दोस्रो हाफमा मैदान छिरेका ओउमार नियासेले दुई गोल गरेपछि एभरटनले बर्नमाउथसँग पुनरागमन गर्दै जित दर्ता गर्‍यो । जोस किङको गोलमा अगाडि बढेको बर्नमाउथले अन्त्यमा दुई गोल खाएपछि २–१ को हार बेहोर्‍यो । रिचार्लिन्सनले ८९ औं मिनेटमा विजयी गोल गरेपछि वाटफोर्डले स्वान्सीलाई २–१ ले हरायो । त्यसअघि वाटफोर्डका आन्द्रे ग्रेले दिलाएको अग्रतालाई स्वान्सीका ट्यामी अब्राहमले बराबरी गरेका थिए । बर्नली र हडर्सफिल्डको खेल गोलरहित भयो ।

प्रकाशित : आश्विन ९, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?