कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

निमा र दीपक रुस जाने

कान्तिपुर संवाददाता

काठमाडौं — रुसको कजानमा हुने १४ औं विश्व उसु च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् । सेप्टेम्बर २६ देखि अक्टोबर ४ सम्म हुने च्याम्पियनसिपमा १२ औं सागकी स्वर्णधारी निमा घर्ती मगर र दीपक हमालको सहभागिता रहने भएको छ ।

निमा र दीपक रुस जाने

दुवैले थाउलोको नान् छान अलराउन्ड स्पर्धा खेल्ने छन् । निमाले अन्तर्राष्ट्रिय डेब्यू प्रतियोगितामै स्वर्ण जितेकी थिइन् । उनले भारतमा सम्पन्न सागमा स्वर्ण जितेकी हुन् । विश्व च्याम्पियनसिप निमाको दोस्रो अन्तर्राष्ट्रिय सहभागिता हो । दीपक भने पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्द जान लागेका हुन् । मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले खेलाडीलाई आर्थिक सहयोग र ट्रयाकसुट प्रदान गरे ।

बिदाइमा खेलाडीद्वय निमा र दीपकले विश्व च्याम्पियनसिपमा सक्दो उत्कृष्ट प्रदर्शन गरेर सकारात्मक सन्देश दिन प्रयास गर्ने प्रतिवद्धता जनाए । उनीहरू मंगलबार फ्लाइ दुबईबाट रुस जाने छन् ।

प्रकाशित : आश्विन १०, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?