कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशस्तरीय क्रिकेट हुने

कान्तिपुर संवाददाता

पाल्पा — जिल्लामा पहिलोपल्ट प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । च्याम्पियन्स ट्रफीको नाममा हुने क्रिकेट असोज १६ देखि आयोजना गरिने दमकडा क्रिकेट क्लबले जनाएको छ ।

प्रदेशस्तरीय खुला प्रतियोगितामा चार जिल्लाका टिम सहभागी हुने संयोजक आदित्य पाण्डेयले बताए । प्रतियोगितामा लुम्बिनी क्रिकेट क्लब कपिलवस्तु, नयाँगाउँ रोयल्स क्लब, बुटवल युथ, तिलोत्तमा, न्यु होराइजन, जनज्योति युवा क्लब रूपन्देही, स्याङ्जाको मालुंगा क्रिकेट क्लब, स्याङ्जा युनाइटेड, प्रोफेसनल, ताँहु, इस्लामिक एक्टिभ युथ, मिसन, करुवा ब्वाइज, पाल्पाली क्रिकेट प्लेयर, दमकडा क्रिकेट क्लबले भाग लिनेछन् ।

आयोजकका सदस्य गोपाल तिमिल्सेनाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । विजेताले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउनेछन् । उनका अनुसार सेमिफाइनलमा पुग्ने टिमका साथै अनुशासित टिमलाई पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट क्याच, म्यान अफ द म्याच, म्यान अफ द सिरिज हुने खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । मोफसलमा हुने यस्ता क्रिकेट प्रतियोगिताले खेलाडीको हौसला बढाउने पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेशकुमार अर्यालले बताए ।

प्रकाशित : आश्विन १२, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?