कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इनिस्टा ‘लाइफटाइम’ बार्सिलोनामै

एएफपी

बार्सिलोना — बार्सिलोनाले शुक्रबार आफ्ना कप्तान आन्द्रेस इनिस्टालाई उनको पूरा खेलजीवनका लागि अनुबन्ध गरेको छ । बार्सिलोनाको इतिहासमै ‘लाइफटाइम’ अनुबन्ध पाउने ३३ वर्षीय मिडफिल्डर इनिस्टा पहिलो खेलाडी हुन् । ‘यो अद्वितीय खेलाडीका लागि पुरस्कार हो,’ बार्सिलोनाका अध्यक्ष जासेफ मारिया बार्टाेमेउले भने ।

 इनिस्टा ‘लाइफटाइम’ बार्सिलोनामै

इनिस्टा आफैंले भने आफ्नो खेलजीवनपछि क्लबमा कुनै नयाँ भूमिकाका लागि योजना भने नबनाएको बताए । ‘आजीवन अनुबन्धको अर्थ पूरा जीवन बार्सिलोनामै रहने भन्ने होइन । यसरी जीवन चल्दैन,’ इनिस्टाले भनेका छन्, ‘जति बेला मेरो पूरा आकांक्षा रहने छैन वा मेरो महत्त्व कम हुनेछ, त्यति बेला परिवर्तन आवश्यक हुन्छ ।’

‘क्लबले मेरा लागि जुन प्रकारको अनुबन्ध प्रदान गरेको छ, त्यसका लागि भने म आभारी छु,’ उनले थपे । पाँचपल्टका विश्व वर्ष खेलाडी लियोनल मेसीसँगै इनिस्टा बार्सिलोनाका सबैभन्दा सफल खेलाडी हुन् । उनले बार्सिलोनाका लागि ३० उपाधि जितेका छन् । त्यसमा ८ ला लिगा र ४ च्याम्पियन्स लिग छन् ।
जाभी हर्नान्डेजपछि इनिस्टा बार्सिलोनाका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन् । इनिस्टाले १५ वर्षको उमेरमा डेब्यू गरेयता बार्सिलोनाबाट ६ सय ३९ पल्ट खेलिसकेका छन् । ‘उनी जत्तिको खेलाडी क्लबमा अरु कोही छैनन्, उनी नयाँ पुस्ताका प्रत्येक खेलाडीका लागि उदाहरण र प्रेरणा हुन्,’ अध्यक्ष बार्टाेमेउले भने ।

प्रकाशित : आश्विन २१, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?