कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैंडा संरक्षणका लागि फुटबल

नवीन पौडेल

नवलपरासी — एकसिंगे गैंडा संरक्षण र जनचेतनाका लागि नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा राष्ट्रियस्तरको १४ औं राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

सर्वाधिक धनराशिको पुरस्कार रहेको प्रतियोगितामा विभागीय टिमहरूको पनि सहभागिता रहने छ । ‘संरक्षण चेतनाका लागि खेलकुद भन्ने’ नारासहित कात्तिक १० देखि हुने प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस सहित ‘ए’ डिभिजनका क्लब सहभागी हुने प्रतियोगिता आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता मूल समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी गराए ।

लोपोन्मुख गैंडाबारे जानकारी दिने तथा प्रतियोगिता अवधिभर वन, वातावरण र वन्यजन्तु संरक्षणको उद्देश्य जानकारी गराइने संरक्षणकर्मी विष्णु अधिकारीले बताए ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । २०६७ सालदेखि उपभोक्ता समितिले निरन्तर गोल्डकप गर्दै आएको छ । स्पर्धाका लागि ६५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । गत वर्ष ३ लाख २५ हजार पुरस्कार राखिएको प्रतियोगितामा यस वर्ष ५ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पुर्‍याइएको छ । गत वर्ष राइनो कप ब्वाइज युनियन काठमाडौंले जितेको थियो ।

प्रकाशित : आश्विन २१, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?