कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसीबिनाको विश्वकप ?

विश्वकप छनोट
एएफपी

मोन्टेभिडियो — सोच्दै नसोचिएको तथ्य, लियोनल मेसी र अर्जेन्टिनाबिनाको विश्वकप मंगलबार सम्भव हुन सक्नेछ, जति बेला सन् २०१८ को दक्षिण अमेरिकी विश्वकप छनोट अन्त्यमा पुग्नेछ ।

 मेसीबिनाको विश्वकप ?

दुई वर्षअगाडि छनोटको पहिलो खेलमा अर्जेन्टिना घरमै इक्वेडरको हातबाट २–० ले पराजित भएको थियो । यसपल्ट जर्गे साम्पाओलीको टिम अन्तिम खेलका लागि इक्वेडर भ्रमणमा निस्कँदै छ । 

खेल हुनेछ, क्विटोमा । 

यहाँ अर्जेन्टिनाको सम्भावना जटिल मोडमा छ । दुईपल्टको विश्वकप विजेता छैटौं स्थानमा छ । यो स्वत: विश्वकपमा प्रवेश पाउने शीर्ष चारको स्थानभन्दा बाहिर छ । पाँचौंमा पेरु छ र यो स्थानमा रहने टिमले प्लेअफ खेल्नेछ । अर्जेन्टिना र पेरुबीच गोल अन्तरमात्र फरक छ । 

तेस्रो स्थानको चिली (२६) र सातौंमा रहेको पाराग्वे (२४ अंक) बीच २ अंकको मात्र अन्तर रहेको हुनाले सबै खाले सम्भावना पनि खुला छ । अर्जेन्टिना अन्तिम खेलमा विजयी रहे कम्तीमा पाँचौं स्थानमा रहनेछ । यस्तो स्थितिमा प्लेअफमा उसले न्युजिल्यान्डको सामना गर्नेछ र त्यसमा जितको अपेक्षा राख्न सकिनेछ । 

क्विटो समुद्री सतहबाट २ हजार ८ सय ५० मिनेट माथि छ । यहाँ खेल्नु निकै कठिन मानिन्छ । इक्वेडरविरुद्ध अर्जेन्टिनाको पछिल्लो प्रदर्शन पनि राम्रो छैन, उसले अन्तिम पटक सन् २००१ मा जित निकालेको थियो । त्यस बाहेक अर्जेन्टिनाले सबै खेल सकिएको क्षण पनि कुर्नुपर्नेछ, किनभने ती सबै एकअर्कामा सम्बन्धित छन् । सबैखाले सम्भावना जीवन्त छ ।

प्रकाशित : आश्विन २४, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?