कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइसल्यान्ड पहिलोपटक विश्वकपमा, सर्बिया पनि छनोट

एएफपी

एजेन्सी — विश्वकप छनोट अन्तर्गत सोमबार कोसोभोलाई २-० ले पराजित गर्दै आइसल्यान्ड पहिलो पटक विश्वकपमा छनोट भएको छ । गिल्फी सिगर्डसन र आरोन गुडमुनसनको गोलमा पाहुना टोली अाइसल्यान्डले जित दर्ता गर्‍यो ‌।

आइसल्यान्ड पहिलोपटक विश्वकपमा, सर्बिया पनि छनोट

लगभग ३ लाख ३० हजार जनसङ्ख्या भएको अाइसल्यान्ड विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो । अान्द्रे क्रामारिचको दुई गोलमा क्रोएसियाले युक्रेनलाई २-० ले हराउँदै प्लेअफ स्थानमा पुग्यो ।

सर्बिया पनि सोमबार जितका साथ विश्वकपमा छनोट भयो । एलेक्जेन्डर प्रिजोभिचको ७४ मिनेटको गोलसँगै सर्बियाले जर्जियालाई १-० ले हरायो । यता अायरल्यान्डले वेल्सलाई १-० ले हराउँदै समूहमा दोस्रो स्थान कब्जा गर्‍यो ।

विश्वकपमा छनोट भइसकेको स्पेनले इजरायलमाथि १-० को जित निकाल्यो । आसिअार इलारामेन्डिले खेलको एकमात्र गोल गरे । एन्टोनियो क्यान्ड्रेभाको गोलमा इटालीले अल्बानियालाई १-० ले हरायो ।

प्रकाशित : आश्विन २४, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?