कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्जेन्टिनालाई मैदानले समस्या पार्न सक्ने

एजेन्सी

क्विटो — विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा इक्वेडर विरुद्ध जित दर्ता गर्ने सुरमा रहेको अर्जेन्टिनालाई क्विटोस्थित खेल हुने मैदानले समस्या पार्ने सम्भावना छ । लगातार वर्षाका कारण मैदानको स्थिति उत्तम नरहेको इक्वेडरका मिडियाले जनाएका छन् । खेलको समयमा पनि पानी पर्ने सम्भावना रहेको छ ।

अर्जेन्टिनालाई मैदानले समस्या पार्न सक्ने

समुद्री सतहबाट ९ हजार फिट उचाइमा रहेको इस्टाडियो ओलम्पिको अथौल्पामा अर्जेन्टिनाले १६ वर्षयता जित दर्ता गरेको छैन । पछिल्ला ३ खेलमा अर्जेन्टिनाले २ हार र १ बराबरी गरेको छ । जारी विश्वकप छनोटमा ब्राजिल र कोलोम्बिया दुवैले इक्वेडरलाई यस मैदानमा पराजित गरेका छन् ।

फिफा वरीयतामा इक्वेडर ३५ औं स्थानमा छ भने अर्जेन्टिना चौथोमा छ ।

प्रकाशित : आश्विन २४, २०७४ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?