अर्जेन्टिना विश्वकपमा स्वत: छनौट

एएफपी

मोन्टेभिडियो — अर्जेन्टिना र उसको विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसी अर्को वर्ष रुसमा हुने विश्वकपमा अनुपस्थिति हुने डर मंगलबार समाप्त भएको छ । मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले इक्वेडरलाई ३–१ ले हरायो र विश्वकपको अन्तिम चरणका लागि स्वत: प्रवेश पायो ।

त्यसमा मेसीले ह्याट्रिक गरे । दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष चार थानमा रहने टिमले अन्तिम चरणमा प्रवेश पाउनेमा अर्जेन्टिना तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनासँगै छनोटको अन्तिम दिनको खेलपछि उरुग्वे र कोलम्बिया पनि विश्वकपमा छनोट हुन सफल रह्यो । अंक तालिकामा उरुग्वे दोस्रो तथा कोलम्बिया चौथो स्थानमा रह्यो ।

उरुग्वेले बोलिभियालाई ४–२ ले हरायो भने कोलम्बियाले पेरुसँग १–१ को बराबरी खेल्यो । पेरु भने पाँचौं स्थानमा रह्यो र प्ले अफका लागि छनोट भयो । दुई पल्टको कोपा अमेरिका विजेता चिली भने विश्वकप छनोटबाट बाहिरिएको छ । ब्राजिलले चिलीलाई ३–० ले हरायो । ब्राजिल यसअघि नै शीर्ष स्थानमा रहेर विश्वकपका लागि छनोट भइसकेको छ ।

प्रकाशित : आश्विन २५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

इन्डो–नेपाल रेमिटेन्स सेवा

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रूपमा इन्डो–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् ।

सम्झौताअनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २०० शाखासहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार यसरी पठाइएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ ।

 

प्रकाशित : आश्विन २५, २०७४ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्