कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानामा पहिलोपटक विश्वकपमा, अमेरिका बाहिरियो

रोयटर्स

कोउभा — ट्रिनिडाड एण्ड टोबेगोसँग आश्चर्यजनक हार बेहोरेपछि संयुक्त राज्य अमेरिका आगामी विश्वकपमा नहुने भएको छ । बुधबार ट्रिनिडाडको घरेलु मैदानमा अमेरिका २-१ ले पराजित हुँदा पानामा र होन्डुरस विजयी भएपछि अमेरिका छनोटबाटै बाहिरिएको हो ।

पानामा पहिलोपटक विश्वकपमा, अमेरिका बाहिरियो

पानामाले छनोट भइसकेको कोस्टारीकालाई २-१ ले पराजित गर्दै पहिलोपटक विश्वकपमा छनोट भयो । त्यसैगरी शीर्षस्थानमा रहेको मेक्सिकोलाई ३-२ ले पन्छाउँदै होन्डुरस पनि प्लेअफमा स्थान बनाउन सफल रहयो ।

खेलको सुरुआतमा तेस्रो स्थानमा रहेको अमेरिकालाई छनोट हुन् एक अंक आवश्यक थियो । तर अन्य खेलमा पनि अनुकुल नतिजा नानिस्किँदा अमेरिका सन् १९८६ यता पहिलो पटक विश्वकप खेल्नबाट बन्चित हुन पुग्यो ।

प्रकाशित : आश्विन २५, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?