यी हुन् सन् २०१८ को विश्वकप खेल्न पाउने अहिलेसम्मका भाग्यमानी २२ टिम

एएफपी

पेरिस — अर्को वर्ष रुसमा हुने विश्वकपको छनोटको अफ्रिकालाई छाडेर सबै समूह चरण समाप्त भएका छन् र त्यससँगै २२ टिम अन्तिम चरण पुगेका छन् । आउने विश्वकपको अन्तिम चरणमा ३२ देशको सहभागिता रहनेछ ।

अब छनोटको प्ले अफ बाँकी छ । अहिलेसम्म छनोट हुन सफल देशमा डिफेन्डिङ च्याम्पियन जर्मनी र पाँच पल्टको विजेता ब्राजिलसँगै अर्जेन्टिना, बेल्जियम, कोलम्बिया, कोस्टारिका, इंग्ल्यान्ड, इजिप्ट र फ्रान्स छन् ।

यस्तै फ्रान्स, आइसल्यान्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पानामा, पोल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, सर्बिया, दक्षिण कोरिया, स्पेन र उरुग्वेले पनि आगामी विश्वकप खेल्न पाउने छन् ।

रुस आयोजकका रुपमा यसअघि नै विश्वकप खेल्ने पक्का भइसकेको थियो ।

युरोपबाट प्ले अफ खेल्नेमा स्विटजरल्यान्ड, इटाली, डेनमार्क, क्रोएसिया, स्विडेन, उत्तरी आयरल्यान्ड, ग्रिस र गणतान्त्रिक आयरल्यान्ड छन् । प्ले अफ खेल्ने अरु देशमा न्युजिल्यान्ड, पेरु, होन्डुरस र अस्ट्रेलिया हुन् ।

यसैगरी चर्चामा रहेर पनि छनोट नभएका देशमा संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड, चिली, वेल्स लगायतका देश छन् ।

प्रकाशित : आश्विन २५, २०७४ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

महिनामै डेढ लाखका झिलिंगा

कान्तिपुर संवाददाता

पोखरा — तिहार नजिकिँदै गर्दा पोखरा–लेखनाथ महानगरपालिका १, बागबजारका ५० वर्षीय निर्भयराज श्रेष्ठ दम्पतीलाई आगन्तुकसँग बोल्ने फुर्सदसमेत छैन । झिलिंगा रोटी बनाउने व्यवसाय थालेका उनीहरूको कामको चाप चाड नजिकिएसँगै बढेको हो ।


‘कामले बोल्ने फुर्सद पाएको छैन,’ रोटी सुकाउँदै गरेका निर्भयले भने, ‘तिहारसम्म त राति पनि राम्ररी सुत्न पाइँदैन ।’ राति १२ बजे सुत्ने र बिहानै ४ बजे उठेर आफू र पत्नी सुशीलाले झिलिंगा बनाउने गरेको उनले सुनाए । महिना अघिदेखि बजारमा दैनिक हजार हाराहारीका झिलिंगाको माग रहे पनि पुर्‍याउन हम्मे परेको उनले बताए । श्रेष्ठ दम्पतीले यो काम थालेको डेढ दशक भयो । यसपटक उनीहरूले १ महिनामै डेढ लाखका झिलिंगा बेचेका छन् । तिहारमा बढी खपत हुने यो पापडजस्तो तेलमा फुराएर खाने परिकारमा पर्छ ।
आकारमा ठूलो र गुणस्तरीय झिलिंगा बनाउने गरेकाले पोखराका अधिकांश पसलबाट अर्डर आउने गरेको उनले बताए । ‘दुवै मिलेर काम गरेका छौं, बनाउँछौं बजार लैजान्छौं,’ सुशीलाले भनिन्, ‘घर खर्च यसैले धानेको छ ।’

 

प्रकाशित : आश्विन २५, २०७४ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्