कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिवराम उपाधि नजिक

गोल्डेन जुब्ली गल्फ च्याम्पियनसिप
कान्तिपुर संवाददाता

काठमाडौं — शीर्ष वरीयताका शिवराम श्रेष्ठले घनश्याम थापा प्रो–टर्न भएको ५० वर्ष पुगेको अवसरमा आयोजित गल्फ प्रतियोगितामा बुधबार ५ अन्डर ६३ स्कोर गर्दै आफ्नो अग्रता आठ स्ट्रोक बनाएका छन् ।

शिवराम उपाधि नजिक

रोयल नेपाल गल्फ क्लबमा भइरहेको सूर्य नेपाल गल्फ टुर २०१७–१८ को पहिलो प्रतियोगितामा ५४ होलको खेल सकिँदा शिवरामले १५ अन्डर १ सय ८९ स्कोर गरेका छन् । सर्वाधिक सफल यी नेपाली प्रोले लगातार तेस्रो दिन ६३ स्ट्रोक खेलेका हुन् । शिवरामले सुरुका ९ होलमा ३ अन्डर ३१ स्कोर गरेका थिए । उनले पछिल्ला ९ होलमा २ अन्डर ३२ खेलेका थिए ।

शिवरामका दाइ जयराम र भुवन नगरकोटी समान सात अन्डर १ सय ९७ स्कोरसहित दोस्रो स्थानमा छन् । जयरामले तेस्रो चरणमा इभन पार ६८ खेले भने भुवनले दुई अन्डर ६६ को कार्ड बनाए । सुरुका नौ होलमा जयरामले १ ओभर ३५ र भुवनले इभन पार ३४ को प्रदर्शन गरे भने पछिल्ला ९ होल जयरामले १ अन्डर ३३ र भुवनले २ अन्डर ३२ मा टुंग्याएका थिए ।

दुई अन्डर ६६ स्कोर गरेका रामे मगर कुल तीन अन्डर २ सय १ सहित चौथो स्थानमा छन् । उनीसँग एक स्ट्रोक अन्तरमा छन् सूर्यप्रसाद शर्मा । उनले तेस्रो चरणमा इभन पार ६८ स्कोर गरे । दिनेश प्रजापति (१ अन्डर २ सय ३), सन्जय लामा (इभन पार २ सय ४), दीपक मगर (३ ओभर २ सय ७), रवि खड्का (६ ओभर २ सय १०) र भुवनकुमार रोक्का (७ आभेर २ सय ११) शीर्ष दसमा छन् ।

प्रकाशित : आश्विन २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?