कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोटेनहम र रियल बराबरीमा

रोयटर्स

रोयटर्स — युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह 'एच' को खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङलिस क्लब टोटेनहम हट्स्परबिचको खेल १-१ को बराबरीमा टुंगिएको छ । खेलको सुरुआतमा दबाब सिर्जना गरेपनि रियलले गोल गर्न सकेन ।

टोटेनहम र रियल बराबरीमा

राफेल भारानेको आत्मघाती गोलमा टोटेनहमले अग्रता कुएजी थियो । सर्ज औरिएरले टोनी क्रुसलाई बक्सभित्र लडाएपछि रियलले पेनाल्टी पायो । उक्त पेनाल्टीमा गोल गर्दै रोनाल्डोले खेललाई बराबरमा ल्याए ।

समूहकै अर्को खेलमा अपोएलले बोरुसिया डर्टमुन्डलाई १-१ को बराबरीमा रोक्यो । समूहको शीर्ष दुई स्थानमा रहेका रियल र टोटेनहमको समान ७/७ अंक छ भने अन्य दुई टोलीले समान १/१ अंक जोडेका छन् ।

प्रकाशित : कार्तिक १, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?