कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

स्विट्जरल्यान्डलाई अग्रता प्राप्त

एएफपी

बेलफास्ट — स्विट्जरल्यान्डले सन् २०१८ मा रुमा हुने विश्वकपको छनोटको सम्भावना बिहीबार राति बलियो बनाएको छ । उसले उत्तरी आयरल्यान्डमा भएको छनोट प्ले अफको पहिलो लेगमा १–० को जित निकालेको हो ।

स्विट्जरल्यान्डलाई अग्रता प्राप्त

स्विटजरल्यान्डलाई घर बाहिर एक गोलको महत्त्वपूर्ण अग्रता प्राप्त भएको हो । खेलको एक मात्र गोल रिकार्डो रोडरिगेजले पेनाल्टीबाट ५८ औं मिनेटमा गरे ।

पाहुना टिमले विवादास्पद स्थितिमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो । आयरल्यान्ड सन् १९८६ यता विश्वकपमा छनोट हुन असफल रहेको छ ।

प्रकाशित : कार्तिक २४, २०७४ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?