कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल बंगलादेशसँग २ विकेटले पराजित

सुबास हुमागाईं

क्वालालम्पुर — एसीसी अन्डर १९ एसिया कपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । वर्षाका कारण ओभर घटाइएको खेलमा टस जितेर फिल्डिङ रोजेको बंगलादेशले ४० ओभरमा १ सय ८१ रनको लक्ष्य पाएको थियो ।

नेपाल बंगलादेशसँग २ विकेटले पराजित

बंगलादेशका लागि ओपनर नइम शेखले ५२ रनको योगदान दिए । मध्यक्रमका अफिफ हुसेनले ३३ र महिदुल इस्लामले २३ रन जोडेपछि बंगलादेश जिततर्फ अग्रसर भयो । नेपालका सन्दिप लामिछाने र कमल सिंह ऐरीले २/२ विकेट लिएका थिए । अन्तिम ओभरसम्म पुगेको खेलमा बंगलादेशले अन्त्यतिर आक्रमक खेलेपछि जित हात पारेको थियो । उसले ८ विकेट गुमाउँदै १ बल बाँकी रहँदा जित हात पार्‍यो ।

नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।

ओपनर जितेन्द्र सिंहलाई सस्तैमा गुमाएको नेपालका लागि शीर्ष क्रमका ब्याट्सम्यानले बलियो साझेदारी दिन सकेनन् । राम्रो सुरुआत लिएपनि अनिल साह १९(२२) र दिपेन्द्र सिंह ऐरी १२(४१) ले पारीलाई अगाडी बढाउन सकेनन् । आसिफ शेख ३० (५२) रनमा स्टम्पिङ आउट भएका थिए ।

मध्यक्रममा ब्याटिङ गर्न आएका रोहित कुमार पौडेल र भीम सार्कीले नेपालको इनिङ सम्हालेका थिए । उनीहरुले १३.२ ओभरमा ७९ रनको साझेदारी गरे । रोहितले ५४ बलमा ४० रन जोड्दा २ चौका र २ छक्का प्रहार गरे । भीमले ४० बलमा २ चौका र ३ छक्काको मदतले ४४ रनको आक्रामक पारी खेले ।

बंगलादेशका लागि स्पिनर नईम हसानले ३ विकेट लिएका थिए । हसन महमुद, ओनिक इस्लाम र अफिफ होस्सैनको नाममा पनि १/१ विकेट रह्यो ।

प्रकाशित : कार्तिक २५, २०७४ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?