कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालले फिलिपिन्ससँग बराबरी खेल्यो

कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
राजु घिसिङ

काठमाडौं — नेपाल र फिलिपिन्सवीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । एसियन कप २०१९ को छनोटको प्रतिस्पर्धामा पहिलो हाफसम्म पाहुना टिम हावी रह्यो ।

नेपालले फिलिपिन्ससँग बराबरी खेल्यो

नेपालले एसियन कप २०१९ छनोटमा मंगलबार फिलिपिन्ससँग गोलरहित बराबरी खेल्दै १ अंक जोडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलसँगै कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

अन्तिम खेलमा ५० औं क्यापको कोसेढुंगा पूरा गरेका अनिलले १० वर्षअघि विश्वकप छनोटमा ओमानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबल करिअर सुरु गरेका थिए । उनले नौ गोल गरेका छन् ।

खेलको पहिलो हाफमा पाहुना टिम फिलिपिन्स हावी भएको थियो । उसले चार राम्रो अवसर सिर्जना गरेरपनि गोल भने गर्न सकेन । दोस्रो हाफमा भने नेपालले सुधारिएको प्रदर्शन गर्‍यो । केही आक्रमण पनि गर्‍यो तर गोल गर्न सकेन र छनोटको समूह एफमा जितविहीन एक्लो टिमको रुपमा नेपाल कायमै रहन पुग्यो ।

अन्त्यतिर नवयुग श्रेष्ठ र विमल घर्तीमगरले गोल गर्ने राम्रो अवसर पाएका थिए तर उनीहरुले पोष्टमा बल प्रहार गर्न सकेनन् । अन्जन विष्टले सशक्त रुपमा प्रहार गरेको बलमा फिलिपिनो किपरले राम्रो बचाउ गरे ।

रोहित चन्द, अनन्त तामाङले डिफेन्समा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको संकट टारेका थिए । मिडफिल्डर विशाल राईले पनि अन्त्यतिर खाली पोष्टबाट बल क्लियर गरेका थिए ।

समूह एफमा फिलिपिन्स ९ अंकसहित शीर्षस्थानमा छ । उसले आज जित हात पारेको भए एसियन कप २०१९ मा स्थान पक्का गर्ने थियो । एक—एक खेल कम खेलेका यमन र ताजिकिस्तानको ६—६ अंक छ । समूहका शीर्ष दुई टिम एसियन कपमा छनोट हुनेछन् ।

एसियन कपमा छनोट हुने नेपालको संभावना यसअघि नै समाप्त भइसकेको थियो । नेपाल २ अंकसहित पुछारमा छ । नेपालले जेठमा हलचोक मैदानमा भएको खेलमा पनि यमनसँग गोलरहित नतिजा निकालेको थियो । अब नेपालले छनोटको अन्तिम खेलमा मार्चमा दोहामा यमनसँग खेल्नेछ ।

....

नेपाली टिमल उसका आक्रमण रोक्नमै व्यस्त देखियो । विंगर सुजल श्रेष्ठले छैटौं मिनेटमा क्रस गरेको बल सीधै गोलकिपरको हातमा पुगेको थियो । अरु उल्लेख गर्न लायक आक्रमण नेपाली टिमले पहिलो हाफमा गर्न गरेन ।
सुस्त सुरुआत गरेपनि फिलिपिन्सले भने विस्तारै गति लियो । पहिलो हाफको पूरा खेलमा फिलिपिनो टिम हावी भयो । उसले सातपल्ट पोष्टमा आक्रमण गऱ्यो । र, गोलका चार राम्रा अवसर पनि सिर्जना गर्यो । तर पेनाल्टी क्षेत्रभिबाट कार्लोस डे मुर्गा र माइक ओटले गरेको हेडरमा बल पोष्टनजिकिदै माथिबाट बाहिरियो ।

कप्तान फिलिप जेम्स योंगहज्ब्यान्डले २९ औं मिनेटमा पाएको अवसरमा रोहित चन्दले उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारिदिए । फिलिपले ३८ औं मिनेटमा पाएको अर्को अवसरमा बल पोष्टनजिकबाट बाहिरिएको थियो ।

यसमा जित हात पार्नसके फिलिपिन्स एसियन कप २०१९ मा छनोट हुनेछ । अघिल्ला चार खेलमा तीन हार र एक बराबरी गरेको नेपाल भने यसअघि नै छनोट चरणबाटै बाहिरिइसकेको छ ।

प्रकाशित : कार्तिक २८, २०७४ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?