कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्यालेन्सियाको सहज जित

एजेन्सी

म्याड्रिड — स्पेनिस ला लिगा अन्तर्गत आइतबार भ्यालेन्सियाले एस्पान्योलको मैदानमा २-० को जित दर्ता गरेको छ ।यस जितसँगै उसले शीर्षस्थानको बार्सिलोनालाई पछ्याउने कार्य जारी राखेको छ । म्याड्रिडका दुई टोली गोलरहित बराबरीमा रोकिएको फाइदा उठाउँदै उसले ३ महत्त्वपूर्ण अंक हात पार्यो । भ्यालेन्सियाको जितमा जिओफ्री कोन्डोगबिया र सान्ती मिनाले गोल गरे ।

भ्यालेन्सियाको सहज जित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार भ्यालेन्सियाले एस्पान्योलको मैदानमा २-० को जित दर्ता गरेको छ ।

यस जितसँगै उसले शीर्षस्थानको बार्सिलोनालाई पछ्याउने कार्य जारी राखेको छ । म्याड्रिडका दुई टोली गोलरहित बराबरीमा रोकिएको फाइदा उठाउँदै उसले ३ महत्त्वपूर्ण अंक हात पार्यो । भ्यालेन्सियाको जितमा जिओफ्री कोन्डोगबिया र सान्ती मिनाले गोल गरे ।

अंक तालिकामा बार्सिलोनाले १२ खेलमा ३४ अंक जोडेको छ भने भ्यालेन्सिया ३० अंकसहित दोस्रोमा छ । तेस्रो र चौथो स्थानमा रहेका रियल र एटलेटिको दुवैको २४ अंक छ ।

प्रकाशित : मंसिर ४, २०७४ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?