कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठूला टोलीलाई सहज

एजेन्सी

मस्को — आयोजक रुसले अर्को वर्ष हुने फिफा विश्वकपमा समूह चरणमा सजिलो प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार राजधानी मस्कोमा सम्पन्न ‘ड्र’ मा रुसको समूह ‘ए’ मा दुईपल्टको विजेता उरुग्वेसहित इजिप्ट र साउदी अरेबिया परेका छन् ।

ठूला टोलीलाई सहज

समूह ‘बी’ मा पूर्वविजेता स्पेनसँगै पोर्चुगल, इरान र मोरक्को छन् । जुन १५ मा हुने समूहको पहिलो खेलमा पोर्चुगल र स्पेन आमने–सामने हुनेछन् । समूह ‘सी’ मा सन् १९९८ विजेता फ्रान्स, पेरु, डेनमार्क र अस्ट्रेलिया परेका छन् । समूहमा रहेका युरोपका दुई टोली फ्रान्स र डेनमार्कले जुन २६ मा हुने समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रपति पुटिन, म्याराडोना र पेले

दुईपल्टको विजेता अर्जेन्टिना रहेको समूह ‘डी’ मा क्रोएसिया, नाइजेरिया र पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्ड छन् । अर्जेन्टिनाले पहिलो खेलमा डेब्यू गरिरहेको आइसल्यान्ड, दोस्रोमा क्रोएसिया र अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ । सर्वाधिक पाँचपल्ट विश्वकप जितेको ब्राजिलले समूह ‘ई’ मा स्विट्जरल्यान्ड, कोस्टारिका र सर्बियाको सामना गर्नेछ ।
समूह ‘एफ’ मा डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै मेक्सिको, स्विडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन् । जर्मनीले समूहको पहिलो खेलमा मेक्सिको (जुन १७), दोस्रोमा स्विडेन (जुन २३) र अन्तिम खेलमा दक्षिण कोरिया (जुन २७) को सामना गर्नेछ । सन् १९६६ को विश्वकप जितेको इंग्ल्यान्डको समूह ‘जी’ मा बेल्जियम, ट्युनिसिया र नवप्रवेशी पानामा छन् । इंग्ल्यान्ड र बेल्जियमले समूहको अन्तिम खेलमा जुन २८ गते प्रतिस्पर्धा गर्नेछन् । समूह ‘एच’ मा पोल्यान्ड, कोलम्बिया, सेनेगल र जापान रहेका छन् ।


प्रशिक्षकद्वय जोचिम लो र डिडियर डेस्चाम्पस


प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्नेछ । उक्त खेल राजधानी मस्कोस्थित लुझिंकी रंगशालामा जुन १४ तारिखमा हुनेछ । एक महिना चल्ने प्रतियोगिताको फाइनल खेल त्यसै रंगशालामा जुलाई १५ मा खेलिने छ ।

डिएगो म्याराडोना

 

विश्वकप एम्बेसडर भिक्टोरिया लोपेरेभा

प्रकाशित : मंसिर १६, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?