कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याम्पियन्स लिगमा पीएसजी र बायर्न भिड्दै

एजेन्सी

म्युनिख — युरोपेली च्याम्पियन्स लिगअन्तर्गत समूहको अन्तिम चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिख भिड्दै छन् । समूह 'बी' को अंक तालिकामा पीएसजी पाँच खेलमा १५ अंक बोकेर शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बायर्नले १२ अंक जोडेको छ ।

च्याम्पियन्स लिगमा पीएसजी र बायर्न भिड्दै

यी दुई टोलीबीचको पछिल्लो खेलमा पीएसजी ३-० ले विजयी रहेको थियो । उक्त खेलमा पीएसजीका लागि ड्यानी आल्भेस, एडिन्सन काभानी र नेयमारले गोल गरेका थिए । पीएसजीले समूह चरणको पाँच खेलमा २४ गोल गरेर नयाँ कीर्तिमान कायम गरिसकेको छ ।

खेल नेपाली समयानुसार बुधबार बिहान १:३० मा हुनेछ । समूहको अर्को खेलमा सेल्टिकले आन्द्रेलेक्टको सामना गर्नेछ ।

प्रकाशित : मंसिर १९, २०७४ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?